झापामा ९ लाख बराबरको सामान बरामद

0
Shares

भद्रपुर ।
सशस्त्र प्रहरीले झापाका विभिन्न क्षेत्रबाट एकथान मोटरसाइकलसहित ८ लाख ८५ हजार ८ सय मूल्य बराबरको सामग्री बरामद गरेको छ । साधा पोसाक तथा गस्तीमा खटिएको प्रहरीले उक्तमूल्य बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी बल गण–२ झापाले जनाएको छ ।

बरामद गरिएको सामानमा ७ लाख ७० हजार ८ सय मूल्य बराबरको कपडा,६५ हजारको बारुद्धजन्य पदार्थ (पटका) र पटकामा संलग्न ५० हजार मूल्य बराबरको मोटरसाइकल बरामद गरिएको डिएसपी ओजिस ओलीले जानकारी दिए । झापाको भद्रपुर,वंशल वगान, जलथल,कुञ्जीबारी लगायतका स्थानबाट सामान बरामद गरिएको डिएसपी ओलीले बताए ।

नेपाल भारतको सीमामा राखेर नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा प्रहरीले सामान नियन्त्रणमा लिएको ओलीको भनाइ छ । प्रहरीलाइ देख्नेवित्तकै कारोबारी भागेकोले मानिस पक्राउ गर्ननसकिएको उनले जनाए । बरामद सामग्रीमा विभिन्न प्रकारका कपडा, खाद्यन्य,पटका रहेको ओलीले जनाए । पटका ओसार पसारमा प्रयोग भएको मे.५ प ३८९२ नम्बरको यामहाको वाइबीआर मोटरसाइकल समेत बरामद गरिएको उनको भनाइ छ । बरामद गरेको पटकालाइ जिल्ला प्रहरी, स्थानीय, सञ्चारकर्मी लगायतको रोहवरमा नष्ट गरिएको थियो ।

सामग्रीलाइ वुधबार कार्यालय परिसरमा एसपी रेशम कुमार थक्सुले सार्वजानिक गरेका थिए । सवैको सहयोगमा अवैध प्रकारका सामग्री बरामद गर्न सफल भएको एसपी थक्सुको भनाइ छ । आफुले कार्यकाल सम्हालको साढे पाँचमहिनाको अवधिमा भन्सारले मूल्याङ्न गरेअनुसार १ करोड ३७ लाख तीनहजार ७ सय ४८ रुपैयाँ राजस्व उठाएको बताए ।