श्रीलंकामा राजनितिक संकट: विक्रमसिंघेको पार्टीद्वारा राष्टपति विरुद्ध प्रदर्शन


कोलोम्बो (एजेन्सी)
श्रीलंकामा बर्खास्त गरिएका प्रधानमन्त्री रानिल विक्रमसिंघेको पार्टीले राष्ट्रपति मैत्रीपाला सिरिसेनामाथि सत्ता अपदस्थको आरोप लगाउँदै त्यसको विरुद्ध मंगलबार विरोध प्रदर्शन आयोजना गरेका छन् ।

यसबीच दुबै खेमा राजनितिक संकट समाप्त गर्नका लागि संसदमा संख्या जुटाउन प्रयास गरिरहेका छन् । श्रीलंकामा शुक्रबार राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री विक्रमसिंघेलाई बर्खास्त गरेपिछ त्यहाँको राजनितिक संकट गहिरिएको हो । उनले पुर्व राष्ट्रपति महिन्दा राजपाक्षेलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्दै उनका लागि समर्थन जुटाउन संसदलाई पनि निलम्बित गरेका थिए ।

१२ मन्त्रीको सपथ

सिरिसेनामाथि संसद सत्र बोलाउन र संवैधानिक संकटको समाधान गर्न राजनितिक तथा कुटनितिक दबाव बढिरहेको छ । विक्रमसिंघेको युनाइटेड नेसनल पार्टी (युएनपी)ले मंगलबार राजधानी कोलोम्बोमा विरोध प्रदर्शन गरेको छ । पुर्व मन्त्री चंपिका राणावाकाले भने– हामी समाजका सबै बर्गसँग आह्वान गरिरहेका छौं, जसले लोकतन्त्र र कानुन ब्यवस्थामा विश्वास राख्छन् ।
विक्रमसिंघेको सरकारमा अर्थमन्त्री रहेका मंगला मसविराले राष्ट्रपतिको कदम संवैधानिक सत्तापलट भएको बताउँदै लोकतन्त्र तथा सम्प्रभुता बनाउनु आफनो कर्तब्य भएको बताए ।

यसबी श्रीलंका संसदका सभामुख कारु जयसुर्याले राष्टपतिसँग विक्रमसिंघेलाई संसदमा विश्वासको मत प्रमाणित गर्न दिन अनुरोध गरेका छन् । पुर्व राष्ट्रपति राजपाक्षेका समर्थकहरु संसदमा उनीहरु बहुमत सावित गर्न सक्षम हुनेमा विश्वस्त छन् । विक्रमसिंघेको यूएनपीका सदस्यले पार्टी परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ ।


राजपाक्षेका निकट लक्ष्मण यापा आबेवर्देनाले भने– हामी अरु पनि यूएनपी सदस्य हाम्रो साथमा आउने पर्खाइमा छौं । हामीसँग संख्याबल छ ।
विक्रमसिंघेले पनि आफुसँग बहुमत रहेको दावी गरिरहेका छन् । सभामुख जयसुर्याले विद्यमान राजनितिक स्थितिको आंकलन गर्न सबै पार्टीका नेताहरुको बैठक बोलाएका छन् । कम्तिमा १ सय २८ सदस्यले उनलई पत्र लेखेर संसद सत्र पुन वोलाएन माग गरेको बताइएको छ । विक्रमसिंघे र राजपाक्षे दुबै संसदमा आफनो संख्या बढाउनमा लागिरहेका छन् ।
१२ नयाँ मन्त्रीको सपथ

श्रीलंकाका राष्टपति मैत्रीपाला सिरिसेनाले आफ्नो नयाँ क्याविनेटमा १२ नयाँ मन्त्रीलाई सपथ गराएका छन् । सिरिसेनाले हालै मात्र प्रधानमन्त्री पदबाट रानिल विक्रमसिंघेलाई बर्खास्त गरेको हो ।

संसदको सत्र बोलाउनु पर्ने चर्को दबावका बीच सभामुख कारु जयसुर्याले शनिबारसम्मका लागि कारवाही स्थगित गरेका छन् ।

अपदस्थ प्रधानमन्त्री विक्रमसिंघेले संसदका धेरैजसो सांसद संसदको बैठक चालु गर्ने पक्षमा रहेको दावी गरेका छन् । विक्रमसिंघेले सभामुख समक्ष संसदको सत्र तत्काल शुरु गर्न माग गरेका छन् ।