छठ अगाडि इन्धनको मूल्य नबढाउन दबाब


नेपाल समाचारपत्र, काठमाडौंं
नेपाल आयल निगमको मासिक घाटा चुलिएको छ । निगमलाई मासिक रूपमा २ अर्ब ८ करोड मासिक घाटा हुने प्रक्षेपण रहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भए पनि नेपाली बजारमा इन्धनको मँल्य समायोजन हुन नसक्दा निगमको घाटा चुलिएको हो ।

सरकारले नेपाल आयल निगमलाई छठ पर्वसम्म पेट्रोलियम पदार्थमा मँल्य नबढाउन निर्देशन दिएसँगै निगमको मासिक घाटा चुलिने भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुरुप उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको अवसरमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन नेपाल आयल निगमलाई निर्देशन दिनु भएको छ ।

भारतीय आयल निगमले हालको अन्तर्राष्ट्रिय बजारअनुसार पठाएको मँल्य सँचीअन्तर्गत पेट्रोलमा प्रतिलिटर ८ रुपियाँ ५० पैसा, डिजेलमा ९ रुपियाँ ३२ पैसा र एलपी ग्यास (खाना पकाउने ग्यासमा) प्रतिसिलिण्डर ४ सय ४ रुपियाँ ७३ पैसा घाटा रहेको छ । अहिले भारतको रक्सौलमा भन्दा नेपालमा पेट्रोल २३ रुपियाँ ७८ पैसा र डिजेल २२ रुपियाँ ५ पैसा सस्तो रहेको छ ।

चाडपर्वको समयलाई मध्यनजर गर्दै जनताको दैनिक जीवनस्तरमा मंहँगीको मार नथप्न सरकारले मँल्य तिहार र छठसम्म इन्धनको मँल्य नबढाउन निर्देशन दिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भनाइ छ ।

निगमले महँगोमा पेट्रोलियम पदार्थको खरिद गरिरहेको भए पनि उपझोक्तालाई सहज र चाडवाडमा सस्तोमा सरकारले उपलब्ध गराउने निर्देशन बमोजिम छठ अगाडि इन्धनको मूल्य नबढाउने मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिनुभयो ।

भारतीय आयल निगमले हालको अन्तर्राष्ट्रिय बजारअनुसार पठाएको मँल्य सँचीअन्तर्गत पेट्रोलमा प्रतिलिटर ८ रुपियाँ ५० पैसा, डिजेलमा ९ रुपियाँ ३२ पैसा र एलपी ग्यास (खाना पकाउने ग्यासमा) प्रतिसिलिण्डर ४ सय ४ रुपियाँ ७३ पैसा घाटा रहेको छ । अहिले भारतको रक्सौलमा भन्दा नेपालमा पेट्रोल २३ रुपियाँ ७८ पैसा र डिजेल २२ रुपियाँ ५ पैसा सस्तो रहेको छ ।

असोज १ गते निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो भने त्यस यता मँल्य समायोजन गरेको छैन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मँल्य बढेकाले निगमले मँल्य समायोजन नगर्दा मासिक २ अर्ब ८ करोड रुपियाँ घाटा हुने निगमले जनाएको छ।

भारतीय आयल कर्पाेरेसन (आईओसी) बाट हरेक अंगे्रजी महिनाको १ र १६ तारिकमा प्राप्त नयाँ मँल्य सँचीको आधारमा निगमले स्वचालित मँल्य प्रणालीअनुसार मँल्य समायोजन गर्दै आएको छ । २०७१ सालको असोजमा स्वचालित मँल्य प्रणाली अनुसार मुल्य समायोजन गर्दै आएको छ ।