निगमको बोइङ बढीमा करिब ५३ हजार डलरमा बिक्री गर्न सकिने


नेपाल समाचारपत्र, काठमाडौं
नेपाल वायुसेवा निगमले बोइङ ७५७ एसीबी विमान मँल्यांकन गर्नको लागि छनोट गरेको कन्सल्ट्यान्ट कम्पनीले विमान मँल्य बढीमा ५२ हजार ९६ लाख अमेरिकी डलरदेखि घटीमा ४३ लाख ३३ हजार अमेरिकी डलरमा बिक्री गर्न सकिने सुझाव दिएको छ ।

‘कर्णाली’ नाम दिएको विमानको बिक्रीको लागि निगमले फिन्टेक ग्लोबललाई कन्सल्ट्यान्ट छनोट गरी मँल्यांकन गराएको थियो । निगमले ३ कम्पनीको प्रस्ताव परेकोमा स्वीस कम्पनीलाई छनोट गरेको थियो ।

विमानको मर्मत सम्भार गर्नको लागि धेरै रकम खर्च गर्नु परेको र विमान पुरानो हुँदै गएकाले विमानको संञ्चालन, इन्धन खर्च बढिरहेको पाइएपछि निगमले कर्णाली विमान बेच्ने निर्णय गरेको थियो । सन् १९८० मा अमेरिकन बोइङ कम्पनीसँग ऋणमा विमान खरिद गरिएको थियो ।

निगमसँग रहेको बोइङ ९ एन एसिए बोइङ–७५७ समेत १५ करोडमा बिक्री गरिसकेकाले निगमसँग हाल एउटा विमान मात्र रहेको छ ।

बोइङ र एयर बस विमान सञ्चाल गर्न व्यायभार बढी पर्ने र मर्मत सम्भारको लागि पनि छुट्टा छुट्टै प्राविधिक जनशक्ति चाहिने भएपछि निगमले एकै खालको विमान सञ्चालनको तयारीको लागि बोइङ बिक्रीको तयारी थालेको हो ।
हाल निगमले वाईड वडी विमान ए ३३० दुई थान सञ्चालनको गरिरहेको छ ।

बोइङ विमान र वाइड वडीको सञ्चालन व्यवस्थापन गर्नको लागि निगमलाई खर्चिलो बन्दै गएपछि निगमले बोइङलाई विस्तावित गर्न तयारी स्वरुप लागेको हो ।

निगमको विमान मूल्याङकनको लागि फ्लाइट ग्लोबल, अन्तर्राष्ट्रिय ग्रुप कम्पनी र फिन्टेक ग्लोबल कम्पनीले प्रतिस्पर्धा गरेका थिए ।
बिक्री गर्ने तयारीमा रहेको वमानमा १ सय ९० सिट रहेको १६ विजनेस क्लासका सिट रहेका छन् । निगमसँग हाल ५ विमानले अन्तर्राष्ट्रिय उडानमा गरिरहेका छन् ।