बेपत्ता परिवारले भने– पीडा थप्ने काम मात्रै भयो


अनिल खत्री, गुल्मी
गुल्मीमा बेपत्ता पारिएका परिबारले आयोग समक्षा गुनासै गुनासा तेर्साएका छन् । सदरमुकाम तम्घासमा बेपत्ता पारिएका पीडित तथा सरोकारवालाहरुको अन्र्तक्रिया कार्यक्रममा बेपत्ता पारिएका परिवारका आफन्तले बेपत्ता पारिएका ब्याक्तिको छानबिन आयोग नेपाल समक्ष गुनासै गुनासा राखेका थिए ।

दश बर्षे सशस्त्र द्धन्दको समयमा बेपत्ता पारिएका पीडित चन्द्रकोट गाउँपालिका हर्राचौर ३ की खैसरा क्षेत्रीले २०६१ सालमा ४५ बर्षिय आफना श्रीमान केन्द्र बहादुर खत्रीलाई बेपत्ता पारिएदेखी अहिले सम्म राज्यले केही वास्था नगरेको बताइन् । उनले आशुका धारा बगाउँदै भनिन्,‘जीवनभर साथ दिने जीवन साथी नभए पछी पिडामा दिनहरु बितेको छ ।’

उनले राज्यले पीडितहरुको पीडा बुझन सक्दैन भने राज्यको प्रति कसरी बिश्वस्त रहने । कार्यक्रममा रुरु गाउँपािलका वडा नं ४ बलेटक्सारका माधब ज्ञवाली बाबा नै नभएपछि सोचे अनुसार पढन नपाएको बताए ।

उनले २०५८ सालमा देखी बुबा बेपत्ता भएको र हालसम्म राज्यले केही वास्था नगरेको गुनासो गरे । उनले भने ‘कहिलेकाही यसो छानबिन समिति आउछन् तर उपलब्धी केही आउदैन् ।’ कार्यक्रममा सहभागी बेपत्ता परिवारकी आफन्त रेसुङगा नगरपालिका वडा नं ९की पबित्रा पन्थीले राज्यले बेपत्ता पारिएका पीडित परिवारका राज्यले आत्म निर्भरहुने किसिमको ब्यबस्था गर्नु पर्ने बताइन् ।

अन्र्तक्रिया कार्यक्रमा मानब अधिकार कर्मि गणेश श्रेष्ठ, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले आयोगनै बेपत्ता भए जस्तो देखिएकाले यसले कसरी छानबिन गर्छ भनेर प्रश्न गरेका थिए । आयोगले बास्तबिक ब्झेर परिणम आउने गरि काम गर्न सुल्झाएका थिए ।

आयोगले बेला बेलामा बेपत्ता परिवारका आफन्त जम्म गरेर पीडितका घाँउमा मलमपट्टी लगाउनु भन्दा पनि पिडा थपिदिएको बताएका थिए । कार्यक्रममा बेपत्ता पारिएका ब्याक्तिहरुको छानबिन आयोगका सदस्य आईबहादुर गुरुङले हालसम्म आयोगले गरेका कार्यहरुको बारेमा जानकारी गराएका थिए ।

आयोगले निश्पक्ष रुपमा कार्य गरेको भन्दै सत्य तथ्यको आधारमा पीडितहरुलाई न्याय दिलाएरै छाडने बताए । गुल्मी जिल्लामा बेपत्ता पारिएका कुल २७ उजुरीहरु परेका थिए । जसमध्ये २४ वटा सत्य निरुपण तथा छानबिन आयोगमा पठाईएको १ वटा मेलसमिलाप भएको र तामेलीमा २ वटा रहेको जारी तथ्याङकमा उल्लेख रहेको छ ।