डोटीमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु

0
Shares

विमल बिष्ट, डोटी ।
जिल्ला प्रहरी कार्यालय डोटीले डोटीमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गरेको छ । शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय डोटीले आइतबारबाट जिल्ला व्यापी रुपमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी बिद्यानन्द माझीले जानकारी दिनु भयो ।

डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले जिल्ला सदरमुकाम सिलगढीमा एक समारोहका बीच कार्यक्रमको शुभारम्भ गर्दै मुलुकलाई समृद्ध बनाउन यसले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले दिगो शान्ति कायम गरी मुलुकलाई समृद्ध बनाउने सरकारको लक्ष्य हासिल गर्न डोटी प्रहरीले सो कार्यक्रम संचालन गरेर ऐतिहासिक योगदान दिने पहलकदमी गरेको पनि स्पष्ट पार्नु भयो ।

शान्तिपूर्ण र सुरक्षित समाजका लागि सो कार्यक्रम ऐतिहासिक हुने प्रमुख जिल्ला अधिकारी सुबेदीको दाबी छ । कार्यक्रम माथी प्रकास पार्नुहुदै जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा एसपी बिद्यानन्द माझीले समाजमा दिगो शान्ति स्थापना तथा जनताको जिउधनको रक्षाका लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको बताउनु भयो । उहाँले लामो समयको गहन अध्ययनपछि सञ्चालन गरिएको सो कार्यक्रमले समाजमा दिगो शान्ति कायम गर्ने विश्वास पनि व्यक्त गर्नु भयो ।

सो कार्यक्रमले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ । ‘हर प्रहर, गाउँ नगरीः टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नारा तय गरिएको सो कार्यक्रम देशभरडोटी जिल्लाका ९ वटै स्थानिय तहका टोल टोलमा सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

मुलुकमा हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना बढ्दै गइरहेका बेला समुदाय सँग मिलेर त्यस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न डोटी प्रहरीले सो कार्यक्रम सञ्चालन गरेको बताईएको छ । उक्त कार्यmक्रममा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासी,शिखरनगरपालिका नगर प्रमुख शिताराम जोशी लगायत सरकारी कर्मचारी,शुरक्षा कर्मी,सञ्चारकर्मी तथा स्थानियबासीको सहभागिता रहेको थियो ।