समस्या समाधानमा गाम्भीर्यता देखाऊ


विचौलियास“गको मिलेमतोमा बिना भिषा गलत कागजातमा श्रम स्वीकृति (स्टिकर) प्रदान गराएको कसुरमा श्रम कार्यालयका २५ जना कर्मचारी कारबाहीमा परेका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको उक्त कार्यालयका यति धेरै कर्मचारी कारबाहीमा परेका हुन् । विचौलियास“गको सा“ठगा“ठ र अनियमिततामा जुटेका कर्मचारीविरुद्ध आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

वैदेशिक रोजगारका लागि कुवेत जान चाहने महिला श्रमिकलाई २५ अगस्ट २०१७ देखि २५ अक्टोबर २०१७ सम्मको अवधिमा श्रम स्वीकृति दिइएको पाइएको छ । आयोगले सो विवरणसहितको कागजातको अनुसन्धान गरेर निष्कर्ष निकालेको छ । अनुसन्धानका क्रममा १ सय ८४ महिलालाई गलत कागजातका आधारमा श्रम स्वीकृति प्रदान गरी सरकारी निकायमा गलत लगत खडा गरिएको आयोगको दाबी छ । श्रम स्वीकृति प्रदान गर्ने÷गराउने कार्यमा संलग्न वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयमा कार्यरत शाखा अधिकृत हरिप्रसाद देवकोटा, शाखा अधिकृत दीपकुमार आचार्य, गणेशविक्रम शाह, दिनेशकुमार राई छन् ।

त्यसै गरी सोही कार्यालयका पवित्रा श्रेष्ठ र रामप्रसाद ओली, नायब सुब्बा अमरराज जोशी, विष्णुहरि निरौला, दिलबहादुर खत्री, हेमराज पाण्डे, कर्णबहादुर नेपाली, केदार घिमिरे, मदन गिरी, खगेन्द्र पोखरेल, लक्ष्मीदेवी भुषाल छन् । आयोगले मुद्दा दायर गरेका अन्यमा नगेन्द्रप्रसाद गौतम, रवीन्द्र घिमिरे, रघुनाथ केसी, योगेन्द्र खत्री, केशवराज ढुंगाना, कम्प्युटर अपरेटर अमर महरा, चक्रबहादुर पराजुली, डम्बरबहादुर विश्वकर्मा, धनवीरसिंह भाट र राजकुमार शाही रहेका छन् ।

ती कर्मचारीले व्यक्तिगत स्वार्थ र अनुचित लाभका लागि बदनियतसाथ गलत मनसायले गलत विवरण उल्लेख गरी श्रम स्वीकृति लिई जाने श्रमिकको गन्तव्य मुलुकलाई भिषालगायतका गलत कागजात बनाएको आयोगको ठहर छ । वैदेशिक रोजगार ऐन, २०६४ विपरीत भिषामा उल्लेख पेशासमेत फरक पारी कामदारलाई असुरक्षाको जोखिममा पु¥याई शारीरिक एवं मानसिक यातना र आर्थिक हानी पु¥याएको आयोगको आरोपपत्रमा उल्लेख छ ।

वैदेशिक रोजगारको बेथितिस“ग जोडिएको यो पछिल्लो उदाहरण मात्रै हो, यस्ता घटना बाह्रैमास दोहोरिरहेका छन् । हरेक सरकार गठन भएपछि वैदेशिक रोजगार मन्त्रालय सम्हाल्ने मन्त्रीले यस्ता समस्या कुनै पनि हालतमा नदाहोेरिने, आर्थिक लेनदेन र अन्य काम कारबाही पारदर्शी ढंगले हुने दाबी गरे पनि समस्याले निकास पाउन सकेको छैन । जबसम्म कर्मचारी, विचौलिया र शक्तिकेन्द्रको मिलेमतो तोडि“दैन तबसम्म वैदेशिक रोजगारमा यस्ता समस्या अझै वर्षौंसम्म दोहोरिरहन्छन् । सरकार, मन्त्रालय र अन्य सरोकारवाला निकायले प्रष्टरूपमा समस्याको चुरो कुरो बुझेका छन्, तर समस्या समाधानमा गाम्भीर्यता देखि“दैन ।