वडा अध्यक्ष सहित पाँच जना कारागार चलान

0
Shares

धनवीर दाहाल, रुकुम पुर्व ।
शिक्षक मखनकुमार के.सीलाई बेपत्ता बनाएको अभियोगमा रुकुम पुर्वको पुथाउत्तरगंगा गाँउपालिका वडा नं २ का वडा अध्यक्ष सतसिङ बुढा सहित ५ जना कारागार चलान भएका छन् । सिस्ने गाँउपालिका वडा नं ६ घर भई पुथाउत्तरगंगा गाँउपालिका वडा नं २ को पेल्मा आधारभूत विद्यालयमा अध्यापन गराइरहेका शिक्षक ५१ वर्षीय केसीलाई बेपत्ता बनाएको अभियोगमा उनीहरुलाई रुकुमकोट जिल्ला अदालतले कारागार चलान गर्न निर्देशन दिएको हो ।

जिल्ला न्यायधिश दुर्गाबहादुर भुषालको इजलासले वडाअध्यक्ष बुढा सहित सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जसबहादुर कामी,सोही ठाउँका रामराज झाँक्री, विनोद खत्री र पुथाउत्तरगंगा गाउँपालिका–१०का खिन्ते भनिने विकास बुढालाई कारागार चलान गरिएको अदालतका श्रेष्तेदार विष्णुप्रसाद पाण्डेले बताउनुभयो । अदालतले शुक्रबार निरन्तर सुनुवाई पछि शुक्रबार नै फैसला गरेको थियो । उनीहरुलाई शुक्रबार नै रुकुम पश्चिमको कारागार पठाइएको छ । शिक्षक केसी भदौ दोस्रो हप्तादेखि परिवार तथा आफन्त कसैको सम्पर्कमा छैनन् ।