चौथो रुकुमकप फुटबल सुरु


धनवीर दाहाल, रुकुम पुर्व ।
रुकुम पुर्वको रुकुमकोटमा शनिबारदेखी चौथो रुकुम कप फुटबल सुरु भएको छ । रुकुम पश्चिम र पूर्वकै सर्वाधिक पुरस्कार राशिको रुकुम कप फुटबल शनिबार उद्घाटन गरिएको हो ।

समृद्ध समाज नेपालले हरेक वर्ष आयोजना गर्दै आएको रुकुम कपको चौथो संस्करणको प्रदेश नम्बर ५ का सभामुख पूर्ण घर्तीले उद्घाटन गर्नुभएको हो । रुकुमपूर्वको सिस्ने गाउँपालिका ५ रुकुमकोटमा रहेको सहिद स्मृति रुक्मिणि रंगशालामा १४ गतेसम्म चल्ने प्रतियोगीतामा रुकुमपूर्व र पश्चिमका ११ वटा फुटबल क्लवहरुले सहभागिता जनाएका छन् ।


बिजेताले नगद ८० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपबिजेताले ४० हजार नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक तिलक रेउलेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको सेमीफाइनलबाट बाहिरिने दुइ टिमले नगद १५र १५ हजार प्राप्त गर्नेछन् ।

यसका साथै अनुशासित क्लबले १० हजारसहित मायाको चिनो र प्रमाणपत्र प्राप्त गर्दा उत्कृष्ट खेलाडीले मायाको चिनो प्रमाणपत्र सहित नगद ७ हजार पाउने आयोजकले जनाएको छ । त्यसैगरी उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र फरवार्डले मायाको चिनो प्रमाणपत्र सहित ५÷५ हजार नगद प्राप्त गर्ने छन् भने यस बर्षबाट उत्कृष्ट प्रशिक्षक पुरस्कार समेत दिइने छ ।

 

उत्कृष्ट प्रशिक्षकले मायाको चिनो प्रमाणपत्र सहित नगद ५ हजार प्राप्त गर्नेछन् । सिस्ने गाउँपालिकाले प्रतियोगिता सञ्चालनका लागि दुई लाख ७५ हजार रकम सहयोग गरेको आयोजक समृद्ध समाज नेपालका अध्यक्ष सुवोधराज शिर्पालीले जानकारी दिनुभयो । समृद समाज नेपालले खेल क्षेत्रको विकासका लागी हरेक बर्ष यस्तो कार्यक्रम गर्दै आएको संस्थाका उपाध्यक्ष राजु लामिछानेले बताउनुभयो ।