सिस्ने हिमाल यातायातले सेवा क्षेत्र बढायो

0
Shares

धनवीर दाहाल, रुकुम ।
सिस्ने हिमाल यातायात व्यवसायी समितीले आफ्नो सेवा क्षेत्रको बिस्तार गरेको छ । यातायात व्यवसायी समितीका अध्यक्ष जितेन्द्र बुढाथोकीका अनुसार शनिबार देखी नेपालगंज, जाजरकोट, रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको राडी बजार, चौरजहारी नगरपालिकाको चौरजहारीमा शाखा कार्यालय स्थापना गरी सेवा बिस्तार गरिएको हो ।

यसै गरी सो समितीले नेपालगंजदेखी रुकुम पश्चिमको खलंगा, चौरजहारी, रुकुम पश्चिमको राडी बजार एवं जाजरकोट जिल्लामा यातायात संचालन गर्ने छ । यस भन्दा अघि रुकुम पश्चिमबाट काठमान्डौ, दाङ, नेपालगंजमा बस संचालन गरेको थियो ।

यात्रुहरुको मागलाई मध्यनजर गर्दै आगामी दिनमा अन्य ठाँउमा पनि सेवा बिस्तार गरिने अध्यक्ष बुढाथोकीले बताउनुभयो ।