भीनपा र प्रहरी प्रशासन बिच शान्ति सुरक्षाका लागि सम्झौता

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
भीमदत्त नगरपालिका र जिल्ला प्रहरी कार्यालयबीच समुदाय प्रहरी साझेदारी कार्यक्रमका लागि सम्झौता गरिएको छ । भीमदत्त नगरपालिका कार्यालयमा नगर प्रमुख सुरेन्द्र विष्ट र प्रहरी उपरीक्षक कुबेर कडायतले साझेदारी पत्र ९एमओयु० मा हस्ताक्षर गरेका छन् ।
समुदाय प्रहरीबीच आपशी सम्बन्ध बलियो बनाएर शान्ति सुरक्षा सुदृढ गर्ने लक्ष्यका साथ गृहमन्त्रालयले देशभर समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु गरेको हो । कञ्चनपुरमा कार्यक्रम सञ्चालन अघि भीमदत्त नगरपालिकासित साझेदारी पत्र हस्ताक्षर गरिएको हो ।

आइतबार औपचारिक रुपमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले स्थानीय तह र प्रहरीबीच साझेदारीले शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।

नगर प्रमुख विष्टले पहिलो नगर सभाबाट नगरको विकास र समृद्धिका लागि सहकार्यका लागि साझेदारीलाई प्राथमिकता दिइएको बताए । नगरको विकास र समृद्धिका लागि सहकार्यका लागि साझेदारीलाई प्राथमिकता दिइएको बताए । नगरको विकास र समृद्धिका लागि सहकार्यका लागि साझेदारीलाई प्राथमिकता दिइएको बताए ।

‘जनतालाई शान्ति सुरक्षाको अनुभूति हुने गरी प्रहरी कार्यालयसित साझेदारी गरिएको छ, त्यसका लागि नगरपालिका कार्यालयबाट हुने सबै सहयोग गर्छौ’ नगर प्रमुख विष्टले भने । भीमदत्त नगरपालिकाको शान्ति सुरक्षा बलियो बनाउन प्रहरीसित हातेमालो गरी नगरका सबै टोलमा जाने नगर प्रमुख विष्टले बताए । शान्ति सुरक्षाका लागि अन्य निकायसित पनि साझेदारी जाने नगर प्रमुख विष्टको भनाई थियो ।

प्रहरी उपरीक्षक कडायतले शान्ति सुरक्षा बलियो बनाउन समुदायसित सहकार्य गरी कार्यक्रम सञ्चालनका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम गरिएकाले स्थानीय सरकारसित साझेदारीका लागि सम्झौता गरिएको बताए ।