नेकपाको चियापानमा नेता कार्यकर्तादेखि सर्वसाधरणकाे उपस्थिती

0
Shares

काठमाडौँ ।
विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज राजधानीको भृकुटीमण्डप बगैँचामा चियापान कार्यक्रम गरेको छ ।

चियापान समारोहमा उपस्थित नेता कार्यकर्ता तथा पाहुनाहरुलाई स्वागत गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश गरेको बताउनुभयो ।

नेता कार्यकर्तादेखि सर्वसाधरणको समेत उपस्थिति रहेको उक्त चियापान ककर्यक्रममा चिया, कचौरी, निम्की, केरा लगायत परिकार राखिएको थियो ।
चियापान समारोहमा नेताहरु माधव कुमार नेपाल, वामदेव गौतम, सुवास नेम्वाङ्ग, रामबहादुर थापा वादल लगातको उपस्थिति छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली अपरान्ह ३ बजेपछि उपस्थित हुने कार्यक्रम रहेको छ ।