छुट्टाछुट्टै दुर्घटनामा दुई घाइते

0
Shares

नुवाकोट ।
शनिवार विहान नुवाकोटमा भएको छुट्टाछुट्टै दुर्घटनामा २ जना घाइते भएका छन ।
घाइते हुनेमा सूर्यगढी गाउँपालिका वडा नं १ लच्याङकी मसिनी दर्जी र केउरीनी वस्ने १० बर्षिय बालिका संजिता फुयाल रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

दर्जीलाई बिदुर नगरपालिका वडा नं १ को त्रिशुली बजारमा काठमाण्डौबाट त्रिशुली तर्फ आउदै गरेको बा २ ख ९०६७ नम्बरको बसले झर्ने क्रममा बायां खुट्टामा किचेका नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले बताए । दर्जीलाई उपचारको लागी त्रिशुली अस्पतालमा लगिएको छ । उनको अवस्था सामान्य रहेको नुवाकोट प्रहरीले जनाएको छ ।

त्यस्तै बिदुर नगरपालिका वडा नं ४ बट्टारमा बिदुरबाट गंगटे तर्फ जांदै गरेको बा ६५ प ९८४४ नम्बरको को मोटरसाइकलले फुयाललाई बाटो काट्ने क्रममा मोटरससाइकलले ठक्कर दिई घाइते बनाएको छ । उनको उपचारको सापकोटा मेडिकल बट्टार भइरहेको छ । दर्जी र फुयाललाई ठक्कर दिने वस र मोटरसाइकललाई नियँत्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।