भद्रपुर ।
पछिल्लो समय नेपाल प्रहरी र सशस्त्र प्रहरी तस्करीका सामग्री बरामद गर्न लागी परेका छन् । दुवै सङ्गठनले एकल तथा संयुक्त रुपमा दैनिक झापाका सीमा क्षेत्रका स्थानबाट भन्सार छलेर वा नेपालमा प्रतिबन्धित सामग्री बरामद गर्दै आइरहेका छन् ।
जिल्लाको मातहातमा रहेका सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मी तथा साधा पोसाकमा खटिएका प्रहरीले विभिन्न समयमा सामग्री बरामद गरेको सङ्गठनका सुरक्षा अधिकारीले जनाएका छन् । सशस्त्र प्रहरीले दुइदिन अघि साढे तीनलाख मूल्य बराबरको खाद्यन्य तथा कपडा बरामद गरिसकेको छ भने नेपाल प्रहरीले शनिबार विहान सम्म बारुद्धजन्य पदार्थ(पटका) ,कपडा र अन्य गरी ५ लाख मूल्य बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले मेचीनगर,भद्रपुर,ज्ञाने
चौक,टागनडुब्बा,पृथीवीनगर,कााकडभिट्टा लगायतका स्थानबाट अवैध सामग्री बरामद गरिएको एसपी भिमप्रसाद ढकालले जनाए । बरामद गरिएको सामानमा विभिन्न नाम गरेका पटका,सटिङ्–सुटिङ्,साडी, हाडवेयरका सामान,पानी तान्ने मोटर,भारतीय तयारी खैनी लगायतका सामग्री रहेको एसपी ढकालले जानकारी दिए ।
शनिबार विहानमात्र साढे तीनलाख मूल्य बराबरको सामान बरामद गरिएको ढकालले जनाए । पटकालाइ नष्ट गरिने र अन्यलाइ अवश्यक कारबाहीका लागि भन्सार बुझाइएको उनले जानकारी दिए ।











प्रतिक्रिया