झापामा मापसे गरेर सवारी चलाएमा प्रहरीको खोरमा

0
Shares

भद्रपुर ।
मादक पदार्थ सेवन गरेर झापामा सवारी चलाउनेलाई अब जरिवाना मात्र नभइ प्रहरी हिरासतमा बस्नु पर्ने भएको छ । कानून र ट्राफिक प्रहरीलाई अटेरी गर्दै मादक पदार्थ सेवन गरेर सवारी चलाउने क्रम नरोकिएपछि यस्तो अभियान शुरु गरेको हो ।

सवारी चलाउनेलाई यस अघि सवारी चालक अनुमति पत्रमा प्वाल पार्ने र जरिवाना गर्दै आएको प्रहरीले अब मापसे गरेर सवारी चलाएमा एकरात हिरासतमा राखेर कक्षा समेत सञ्चालन गरिने झापाका एसपी भिमप्रसाद ढकालले जनाए ।

माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित जिल्ला बनाउन प्रहरीले तयारी सुरु गरेसँगै अभियान अन्र्तरगत पहिलोदिन १७ जना सवारी चालक कारबाहीमा परेका छन् । उनीहरुलाई मापसे गरेर सवारी चलाउनु हुँदैन भन्ने कक्षा लिएको एसपी ढकालले जनाए । कारबाहीमा परेका सवैलाई इलाका प्रहरी कार्यालय अनारमनी परिसरमा मादक पदार्थ सेवन गरेर सवारी चलाउनु हुन्न भन्ने विषयमा सिकाइएको प्रहरीले जनाएको छ ।

अभियानको पहिलो चरणमा कक्ष लिने , पटके भए एक रात थुन्ने र पुन ःदोहोरिए कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय झापालाई सिफारिस गरिने प्रहरीले जनाएको छ ।