लक्ष्य भन्दा करिब पौने चार सय प्रतिशत बढी राजश्व संकलन

0
Shares

रसुवा ।
रसुवाढी भन्सार कार्यलयले लक्ष्यभन्दा करिव पौन चारसय राजश्व संकलन गरेको छ ।
कार्यालयले आउँदो मंसिर १५ गतेसम्मको राजश्व असोज महिनामै सङ्कलन गरेको भन्सार कार्यलय रसुवाले जनाएको छ । । कार्यालयले असोज महिनामा २ अर्ब ३२ करोड ६९ लाख ७६ हजार राजश्व सङ्कलन गर्न सफल भएको कार्यलयले जनाएको छ । । यो लक्ष्य भन्दा ३ सय ८७ दशमलव २२ प्रतिशत बढी हो । कार्यालयका अनुसार असोजमा ६० करोड ९ लाख ३८ हजार राजश्व उठाउने लक्ष्य राखेको थियो ।

चालु आर्थिक वर्ष २०७५÷७६ को पहिलो दुई महिना लक्ष्य अनुसारको राजश्व सङ्कलन गर्न सकेको थिएन् । साउन महिनामा लक्ष्यको ५२ प्रतिशत र भदौमा ३१ दशमलव ६१ प्रतिशत राजश्व सङ्कलन गरेको थियो । साउनमा ५० करोड ९० लाख ३८ हजार लक्ष्य राखेकोमा २६ करोड ४ लाख ७७ हजार उठेको थियो ।

भदौमा ९२ करोड २५ लाख लक्ष्य राखिएकोमा २९ करोड १५ लाख ७९ हजार मात्रै उठेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ अर्ब २ करोड ४३ लाख ७६ हजार लक्ष्य थियो । लक्ष्यभन्दा १ सय ४२ दशमलव २२ प्रतिशत राजश्व उठिसकेको भन्सार अधिकृत तथा सूचना अधिकारी धर्मराज सुवेदीले बताए । तीन महिनामा २ अर्ब ८७ करोड ९० लाख ३२ हजार असुली गरिसकेको उनले बताए । कार्यालयले वार्षिक लक्ष्यको ४० प्रतिशत राजश्व असुली गरिसकेको छ ।

कार्यालयले ७ अर्ब १५ करोड ६२ लाख ५५ हजार राजश्व असुली वार्षिक लक्ष्य लिएको छ । वर्षाको समयमा बाढीपहिरोले एक महिनासम्म भन्सार अवरुद्ध हुँदा घाटा बेहोरेको कार्यालय अहिले सन्तुलनमा आइसकेको सुचना अधिकारी सुवेदीले बताए ।