डोटीमा ७ जना जुवाडे पक्राउ, मुलुकी संहिता ऐन अन्तरगत मुद्दा दर्ता

0
Shares

विमल बिष्ट, डोटी ।
डोटीमा तास खेलीरहेको अवस्थामा ७ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक धुर्बबहादुर बिष्टले दिनुभएको जानकारी अनुसार डोटीको जिल्ला सदरमुकाम सिलगढीमा राती जुवा खेलीरहेको अवस्थामा प्रहरीले ७ जना जुहाडेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दिपायल सिलगढी नगरपालिका ६ बस्ने बर्ष ३३ का गणेश श्रेष्ठ,सोही नगरपालिका ६ बस्ने बर्ष ४० का किरण श्रेष्ठ,बर्ष ५१ का हरिहर केसी,बर्ष २८ का गणेश कठायत,वडा न ५ बस्ने बर्ष २५ का दिपक धामी,बर्ष २५ कै सन्तोष बिक तथा सायल गाउपालिका ६ घर भई सिलगढी बस्ने बर्ष ३५ का प्रकास खाती रहेको प्रहरीले जनाएको छ ।

जुवा खेलीरहेको अवस्थामा पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता ऐन २०७४ को १२५ अन्तरगत मुद्दा दर्ता गरीएको प्रहरी निरिक्षक बिष्टले बताउनु भयो । उहाँले भन्नु भयो ‘हामीले मुलुकी अपराध संहिता ऐन २०७४ को १२५ अन्तरगत मुद्दा दर्ता गराएका छौ,बाँकी अनुसन्धान भईरहेको छ ।’

पक्राउ परेकाहरु संग ३२ हजार ४ सय २० रुपिया नगद लगायत अन्य सामाग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । डोटीमा प्रहरीले जुवा (तास) नखेल्न तथा मदिरा खायर होहल्ला नगर्न आग्रह गर्दै बिभिन्न कार्यक्रम गर्दै आएको छ ।