काठमाडौं ।
निर्वाचन आयोगले माओवादी केन्द्र र एमाले एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नै कायम रहने निर्णय गरेको छ।
शुक्रबार बसेको आयोगको पदाधिकारी बैठकले नामको विवाद टुंग्याउँदै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पक्षमा निर्णय गरेको हो।
तत्कालिन एमाले र माओवादीको एकतापछि बनेको दलको नाम नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० राखेपछि ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विरोध गरेको थियो । कट्टेलले उक्त दलले आफ्नो दलको नामसँग जुध्ने गरी नाम राखेकाले नाम खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दाहालको इजलासले शुक्रबार दुई दलको फरकफरक अस्तित्व देखिएकाले कट्टेलको निवेदन खारेज गर्ने फैसला गरेको हो।
आयोगका सदस्य ईश्वरी पौडेलले कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अलगअलग पहिचान देखिने हुँदा निवेदकको निवेदन खारेज हुने फैसला गरिएको बताए।











प्रतिक्रिया