भद्रपुर ।
जङ्गली हात्तीबाट जोगिन श्रीमानले विछाएको विद्युतीय तारको करेन्ट लागेर श्रीमतीको ज्यान गएको छ भने उद्धार गर्न जाने एक महिला घाइते भएकी छन् । झापाको अर्जुृनधारा नगरपालिका ४ स्थित दहिझोडाकी २५ वर्षीया अनु लिम्बूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृतकका श्रीमान भक्तबहादुर शेर्मा(लिम्बू)लेआफ्नै घरवरीपरी राखिएको विद्युतले बिहीबार राति घरबाट बाहिर निस्किएकी उनकी श्रीमती अनुलाई सोही तारले करेन्ट लागेको जिल्ला प्रहरीले जनाएको छ ।
करेन्ट लागेपछि उनलाई बचाउन जाँदा उनकी बहिनी सुस्मिता लिम्बु समेत घाइते भएकी जिल्लाका एसपी भिमप्रसाद ढकालले जानकारी दिए । घाइते मध्ये अनुको उपचारको क्रममा मृत्यु भएको छ भने सुस्मिताको उपचार भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया