सरोज यादव, विराटनगर ।
प्रहरीको हिरासतबाटै विराटनगरमा दुई हत्या आरोपी फरार भएका छन । अपहरणपछि हत्या गरिएका विराटनगर १७ का मोहम्मद अस्फाकको हत्या आरोपमा पक्राउ परेका सोहि ठांउका २० बर्षिय मोहम्मद सद्दिफ हुसैन र २१ बर्षिय मोहम्मद आरिफ इलाका प्रहरी कार्यालय रानीको हिरासत कक्षबाट फरार भएका हुन ।
सो घटनामा पक्राउ परेका ५ जनामध्ये २ जना फरार भएका हुन । अभियुक्तद्वयले गएराति थनुवा कक्षको भेन्टीलेशनको रड काटेर फरार भएको मोरङ प्रहरीका प्रवक्ता निशान थापाले जानकारी दिनुभयो । उहांले घटना कसरी भयो भन्ने बिषयमा ड्युटीमा कार्यरत प्रहरीसंग सोधपुछ भइरहेको बताउनुहुंदै फरार अभियुक्तको खोजीमा प्रहरी परिचालन गरिएको बताए ।

असोज १ गते घरबाटै हराएका अस्फाकको शव असोज ७ गते विराटनगर १४ र १७ को सिमानास्थित पैनीमा रहेको ह्युम पाइपभित्र सडेगलेको अवस्थामा भेटिएको थियो । मोरङ प्रहरीले असोज १४ गते पत्रकार सम्मेलनको आयोजनागरि दुवै अभियुक्तलाई सार्वजनिक गरेको थियो । अभियुक्तद्वयले टाउकोमा ढुंगा प्रहारगरि अस्फाकको हत्या गरेको प्रहरीको अनुसन्धानको क्रममा खुलेको थियो ।
अपहरण गरेकैदिन अस्फाकको हत्या गरेका अभियुक्तहरुले मृतकको शव ह्युम पाइपभित्र लुकाएर आफ्न्तसंग ५० लाख फिरौती रकम माग गरेका थिए ।











प्रतिक्रिया