कञ्चनपुर ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रमाण नस्ट गर्ने कार्यमा संलग्न रहेको आरोप लाग्दै आएका कञ्चनपुरका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई गृह मन्त्रालयले बर्खास्त गरेको छ ।
गृहले अाज बिहीबार एसपी विष्ट र निरीक्षक भट्टलार्इ बर्खास्त गर्ने निर्णय गरेकाे हाे । पन्तको हत्याको अनुसन्धानमा गम्भीर लापरबाही गरेको भन्दै एसपी विष्ट र घटनाको प्रमाण नष्ट गरेको भन्दै भट्ट दुवैलाई सेवाबाटै बर्खास्त गरिएको हो।


एसपी बिष्ट र भट्टलाई प्रहरी प्रधान कार्यालयमार्फत् गृहले स्पष्टिकरण सोधेको थियो। बुधवार एसपी बिष्ट र निरिक्षक भट्टको पहिलो स्पष्टिकरण पत्र गृहमा बुझाइएको थियो तर साे स्पष्टिकरणा चित्त नबुझेपछि प्रहरी प्रधान कार्यालय नक्सालले बिहिबार दिउँसो एसपी बिष्ट र भट्टको दाेस्राे स्पष्टिकरण पत्र मन्त्रालयमा बुझाएको हो ।
एआइजी धिरू बस्न्यातको नेतृत्वमा गठित समितिले बुझाएको घटनाको अनुसन्धान रिपोर्टअनुसार प्रहरी प्रधान कार्यालयले दशैं बिदा अगाडि नै गृह मन्त्रालयलाई बिष्ट र भट्टको बर्खास्तिका लागि पत्र समेत लेखेको थियो ।
कसरी भएकाे थियाे घटना ?
गत साउन १० गते साथीको घरबाट स्कूलको गृहकार्य सकेर घर फर्किंदै गरेकी कञ्चनपुरकी बालिका १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या भएको थियो। साउन ११ गते उखुबारीमा शव भेटिएको थियो।
आधा दर्जनभन्दा बढी प्रहरी टोलीले घटनाको छानवीन गरे पनि परिणाम शून्य भएको अवस्थामा सरकारले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख विष्ट र प्रहरी निरीक्षक भट्टलाई बर्खास्त गर्न प्रक्रिया अघि बढाएको हो। उनीहरुमाथि घटनास्थलको सुरक्षा नगरेको एवं प्रमाणहरू नस्ट गरेको आरोप लाग्दै आएको थियो ।

गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली र प्रहरी अतिरीक्त महानिरीक्षक धिरु बस्न्यातको संयोजकत्वमा गठित छानबिन समितिले निर्मलाको बलात्कारपछि हत्या घटना अनुसन्धानमा प्रहरीले पटक–पटक लापरबाही गरेको निष्कर्षसहित आवश्यक कारवाहीका लागि सिफरिस गरेको थियो।











प्रतिक्रिया