करदाता शिक्षा कार्यक्रम सुरु

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
भीमदत्त नगरपालिकामा हाम्रो नगर, हाम्रै कर, समृद्ध बनाउने हाम्रै रहर भन्ने नारा सहित करदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ । नगर वासिन्दालाई कर सम्बन्धी सचेतना जगाउन भीमदत्त नगरपालिका वडा नं. १९ बाट कार्यक्रम सुरु गरिएको हो ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बागफाँटास्थित पञ्चकृत माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा करदाता शिक्षा कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गरे । सो अवसरमा नगर प्रमुख विष्टले नगर वासिन्दालाई कर सम्बन्धी सचेतना जगाउन करदाता शिक्षा कार्यक्रम सुरु गरिएको जानकारी दिए ।

स्थानीय तहले पाएको अधिकारका आधारमा भीमदत्त नगरपालिकामा कर निर्धारण, कर योग्य वस्तु तथा सेवाको पहिचान र करका दायरामा विस्तार लगायतका कार्य समेत करदाता शिक्षा कार्यक्रमबाट सहज हुने विश्वास लिइएको नगर प्रमुख विष्टले बताए ।
संघीय शासन व्यवस्था अनुसार तीन तहका साझा अधिकारका विषयमा प्रदेश सरकारले कानुन नबनाउँदा स्थानीय तहलाई कर संकलन गर्न अन्यौलता देखिएको नगर प्रमुख विष्टले बताए । भीमदत्त नगरपालिकाले कर वृद्धि नभएर करको दायरा बढाएर राजश्व संकलनको लक्ष्य पूरा गर्ने नगर प्रमुख विष्टले बताए ।

कार्यक्रममा भीमदत्त नगरपालिका कार्यालयका प्रशासकीय अधिकृत हरि सिह धामी, आन्तरिक लेखा परीक्षण अधिकृत केशवदत्त भट्ट कार्यक्रम सहजीकरण गरेका थिए । कार्यक्रममा राजश्व परामर्श समितिका सदस्य हिमाल बहादुर चन्द, वडा जनप्रतिनिधि, स्थानीय लगायतका सहभागी भएका छन् । यसै गरी भीमदत्त नगरपालिका वडा नं। २ मा बुधबार करदाता शिक्षा कार्यक्रम अन्र्तगत अभिमुखीकरण कार्यक्रम गरिएको छ । वडा अध्यक्ष डम्मर सिह कार्कीको अध्यक्षतामा गरिएको कार्यक्रममा नगर प्रमुख विष्ट प्रमुख अतिथि थिए ।