काठमाडौ ।
विश्व बिख्यात अमेरिकी ब्राण्ड ५.११ को आधिकारिक सोरुम नेपालमा पनि संचालनमा आएको छ । विश्वभरका सुरक्षा निकायले सबैभन्दा बढी प्रयोग गर्दै आएको उक्त ब्राण्ड नेपालमा आजु ब्राण्डले नेपाल भित्र्याएको हो ।
दरवारमार्ग स्थित शेर्पा मलको ग्राउण्ड फ्लोरमा बिहीबारबाट संचालनमा आएको शोरुममा सो ब्राण्डका अधिकांस आईटमहरु उपलब्ध भएको बताइएको छ ।

शोरुममा अमेरिकीहरुबीच लोकप्रिय पाइन्ट, ज्याकेट, टिर्सट, जुत्ता र झोला लगायतका अन्य सामाग्रीहरु उपलब्ध रहेका छन ।
हलिउड फिल्म उद्योगमा समेत यो ब्राण्डका ज्याकेटदेखि झोला सम्म प्रयोग हुने गरेको संचालक संन्जीव तुलाधरले जानकारी दिनुभयो ।
नेपालमा उक्त ब्राण्ड सुरक्षा निकाय र खेलाडीलाई लक्षित गरी भित्र्याइएको पनि तुलाधरले जानकारी दिनुभयो ।

फाइभ प्वाइन्ट इलेभेनले २०७२ सालको महाभूकम्पका बेला नेपालीहरुलाई उक्त ब्राण्डका सामान निशुल्क रुपमा पठाएर सहयोग गरेको थियो । संयुक्त राष्ट्र संघको आह्वानमा बिभिन्न द्धन्द्धरत मुलुकमा शान्ति स्थापनाकालागि जाने शान्ति सैनिकहरुले यो ब्राण्डका सामान प्रयोग गर्ने गरेको पाइएको छ ।
नेपालमा विभिन्न स्पोर्टस ब्राण्डको सामान भित्र्याउदै आएको आजु ग्रुपले यस अघि एडिडास, रिबुक, लिभाइज नेपाल भित्र्याइसकेको छ ।













प्रतिक्रिया