कानुन हातमा लिनेमाथि कारवाही हुन्छः प्रजिअ
अमृत अर्याल, स्याङजा ।
स्याङजाको हरिनास गाँउपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रहरी माथि नै हातपात गर्नु भएको छ । हरिनास कै वडा नम्वर ६ दग्दीमा भएको भलिवल प्रतियोगितामा सामान्य विवाद हुदा अध्यक्ष मानन्धरले प्रहरी माथि हातपात गर्नुभएको प्रत्यक्षदर्शीले वताएका छन् । आक्रमणवाट दार्सिङ प्रहरी चौकीका जवान रामनारायण चौधरी घाईते हुनु भएको छ । क्याक्मी र दार्सिङका युवाहरुवीच खेलका क्रममा विवाद उत्पन्न भएको थियो । सो विवादलाई रोक्न नसकेको भन्दै प्रहरी माथि आक्रमण भएको हो ।
घटनावारे छानविन भईरहेको स्याङजाका प्रहरी प्रमुख जयराज सापकोटाले जानकारी दिनुभयो । उहाँले दुई पक्षको विचमा विवाद साम्य पार्न खोज्दा प्रहरी माथि नै ठेलम्ठेल भएको वताउनु भयो । प्रहरी प्रमुख सापकोटाले गाँउपालिकाका अध्यक्ष मानन्धरलाई प्रहरीचौकी वोलाईएको जानकारी दिनुभयो ।
उता घाईतेको मेडिकल रिपोर्ट तथा घटना वारे सवै विवरण पेश गर्न प्रहरीलाई निर्देशन दिएको स्याङजाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले वताउनु भयो । गाँउपालिकाका प्रमुख स्थानिय सरकार प्रमुख समेत भएको भन्दै कानुन हातमा लिने काम कोही कसैवाट हुन नहुने स्पष्ट पार्नुभयो । उहाँले कानुन हातमा लिईएको पाईएमा कारवाही हुने स्पष्ट पार्नुभयो ।
यता गाँउपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रहरी माथि एक झापड हानेको स्वीकार गर्नुभएकोछ । उहाँले प्रहरी नै आक्रमणकारीको संरक्षणमा लागेकाले घटना हुन पुगेको आरोप लगाउनुभयो । उहाँले दार्सिङका युवाहरुले हातहतियार सहित आक्रमण गर्दा पनि प्रहरी रमिते वनेको वताउनुभयो । आफ्ना माईला दाजु सोमनारायण मानन्धर माथि आक्रमण हुनुका साथै कार्यक्रम स्टेज,कुर्चीहरु तथा साउण्ड सिस्टममा तोडफोड गरिएको जानकारी दिनुभयो ।
मानन्धर तत्कालिन नेकपा एमालेवाट अध्यक्षमा निर्वाचित भएका हुन ।











प्रतिक्रिया