सामाजिक सेवा र जनचेतनाको क्षेत्रमा स्काउटको भूमिका महत्वपूर्णः देउवा

0
Shares

चितवन ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशको विकासमा स्काउटले इट्टा थप्ने काम गरेको बताएका छन् । आज (विहिवार) देखि चितवनको मेघौलीमा शुरु भएको नेपाल स्काउट जंगल क्याम्पको उद्घाटन गर्दे देउवाले किशोर किशोरीले स्काउट मार्फत जागृत गरेको सामाजिक भावनाले समग्र देशको विकासमा सहयोग गरेको बताए । उनले स्काउट मार्फत हुने अन्तरक्षेत्रीय र अन्तरदेशीय कार्यक्रमले स्काउटमा अबद्धहरुको ज्ञान र सिपको आदानप्रदान हुँदै थप विश्वास बढाएको बताए ।

स्काउटको विश्व संजाल मार्फत हुने नयाँ खोज र अन्वेषणमा सहयोग गर्दै आएको देउवाको विश्वास छ । स्काउटले समानताको भावना बोकेका कारण सबैको मन जितको उनको भनाई छ । उनले सामाजिक सेवा र जनचेतनाको क्षेत्रमा स्काउटको भूमिका महत्वपूर्ण भएको बताए ।

अर्काे प्रशंगमा देउवाले चितवनको मेघौली विकासका दृष्टिकोणले पछि परेपनी कला,संस्कृती र प्राकृतिक सुन्दरताको भने धनी रहेको बताए ।

क्लिनिक नेपाल र फेन्डसिप स्काउट नेपालको आयोजनामा भएको कार्यक्रममा नेपाल र बेलायतका स्काउटर र विद्यार्थीको सहभागिता रहेको छ । २ सय ३२ जना नेपाली विद्यार्थी,३३ जना बेलायती विद्यार्थी र १५ जना बेलायती तथा १२ जना नेपाली स्काउटरको सहभागिता रहेको छ ।

कार्यक्रममा सहभागि विद्यार्थीलाई ब्यवहारिक ज्ञान,मनोरन्जनात्मक खेल र प्राथमिक उपचार सम्बन्धी जानकारी प्रदान गरिने स्काउटर शिव प्रसाद बरालले जानकारी दिए ।