कावासोती ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवलपुरवासीलाई प्रदेश राजधानी पोखरा पुग्न अन्य प्रदेशको बाटो हँुदै जानुपर्ने समस्याको चाँडै अन्त्य हुने बताउनुभएको छ ।
नवलपरासी गैँडाकोटस्थित मौलाकालिका भगवती मन्दिरको दर्शनपछि आज आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले कालीगण्डकी करिडोरको निर्माण कार्य चाँडो सम्पन्न गराउन पहल गर्ने र त्यही मार्ग भएर नवलपुरवासी प्रदेश राजधानी पुग्न सक्ने बताउनुभयो । नवलपुरवासीलाई अहिले प्रदेश नं। ३ को चितवन र प्रदेश नं। ५ को बुटवल हँुदै राजधानी जानुपर्ने अवस्था छ ।
अध्यक्ष तिमिल्सिनाले मौलाकालिका मन्दिर गण्डकी प्रदेशकै शान भएको चर्चागर्दै यसको स्तरोन्नतिका लागिसमेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रतिनिधिसभा सदस्य तिलक महतले लुम्बिनी, मुक्तिनाथ र मौलाकालिकालाई जोडर धार्मिक पर्यटनको गन्तव्य बनाउने धारणा व्यक्त गर्नुभयो ।
रासस











प्रतिक्रिया