जग्गा विवादका कारण ७५ वर्षीया वृद्धामाथि कुटपिट

0
Shares

गाईघाट ।
उदयपुरगढी गाउँपालिका–५ मौवाबोटमा एक वृद्धालाई जग्गा विवादका विषयमा स्थानीय छिमेकीले आज मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ७५ वर्षीया उनको जग्गामा अन्य छिमेकीले सीमा मिच्ने र गाईवस्तु फुकाएर लगाइदिने गरेपछि विवाद हुँदा देवहादुर राई, भक्ति राई र गर्भ राईले कुटपिट तथा गालीगलोज गरेर दिसापिसाबसमेत शरीरमा लगाइदिएको प्रहरीले जनाएको छ । पीडित वृद्धाको शरीरभरि घाउ र नीलडाम रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख चन्द्रदेव राईले बताउनुभयो । वृद्धाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
रासस