पुष्कर बुढाथोकी, भक्तपुर ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को ब्यबस्थापनको बिशिष्टताका लागि ५ बर्षे नयाँ रणनीति योजना निर्माण कार्य सुरु भएको छ ।
सानोठिमीमा आज आयोजित ५ दिने रणनीतिक योजना निर्माण कार्यशालाको उद्घाटन गर्दै शिक्षा सचिब खगराज बरालले सीटीईभीटीले सीपयुक्त नेपाल समृद्ध जनताको दिर्घकालीन सोच राखेर रणनीति योजना तयार पार्नुपर्ने बताउनुभयो ।
उहाँले सीटीईभीटीबाट उत्पदित जनशक्तिले श्रम बजारमा तुरुन्तै रोजगारी पाउन सक्ने गरी कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिनु भएको थियो । सचिब बरालले सीटीईभीटले अब देशको आवश्यकतालाई मध्यनजर गर्दै उद्योग ब्यबसायमा प्रत्यक्ष रोजगारी पाउने जनशक्ति उत्पादन गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,सीटीईभीटीले उत्पादित जनशक्तिलाई हातमा काम,खल्तीमा दाम र थालमा माम दिन सक्नुपर्छ ।
कार्यक्रममा कोलम्बो प्लान स्टाफ कलेजका महानिर्देशक डा.रामहरी लामिछानेले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीममा समता मूलक पहुँच पुयाउने,तथा दक्षताको सुनिश्चित, प्राविधिक शिक्षा एव तालीम परिषद्को व्यवस्थापनको प्रभावकारिता र दक्षता अभिवृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले अब सीटीईभीटीले ब्यक्तिलाई प्रमाणपत्र मात्र होईन योग्यता,गुणस्तर ,सीप र रोजगारी प्रदान गर्न जोड दिनु पर्छ भन्नुभयो ।
कार्यक्रममा बोल्दै परिषद्का उपाध्यक्ष डा. कुलबहादुर बस्नेतले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका क्षेत्रमा सुचना तथा प्रविधिको अधिकतम उपयोग गर्नु आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै परिषद्का सदस्य सचिव पुष्प रमण वाग्लेले परिषद्को रणनीति योजना निर्माण गर्दा हालसम्म सम्पन्न भएका गतिविधिलाई सुक्ष्म रुपमा अध्ययन गर्दै के कति उपलब्धि हासील भए, के कति उपलब्धि हुन वाँकी छ र अपेक्षित उपलब्धि हुन नसक्नुका कारणहरु केलाउनु पर्ने बताउनुभयो ।
कार्यशाला उद्घाटनमा परिषद्का निर्देशक, उपनिर्देशकका साथै सीटीईभीटी कर्मचारी संघ संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यशाला निर्माणमा सीटीईभीटीका देशभरका ४५ आंगिक स्कुलका प्रिन्सीपलको सहभागिता रहेको सीटीईभीटीका निर्देशक प्रमोदभक्त आचार्यले बताउनुभयो ।
कार्यक्रमको सहजीकरण कोलम्बो प्लान स्टाफ कलेजका अनुसन्धान ,प्रकाशन तथा सुचना अधिकारी र ईम्यानुअल ईछाभेरीयाले गर्ने सीटीईभीटीले जनाएको छ । २०१४ बाट सुरु भएर २०१८ सम्म बनेको ५ बर्षे रणनीति योजनाको अवधी भने आगामी डिसेम्बरमा सकिंदैछ ।











प्रतिक्रिया