निर्मला हत्या प्रकरणः गृह मन्त्रालय पुग्यो एसपी विष्टको स्पष्टीकरण

0
Shares

काठमाडौँ ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको अभियोगमा निलम्बनमा परेका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टले बुधबार स्पष्टीकरण बुझाएका छन् ।

विष्टले प्रहरी प्रधान कार्यालयमा बुझाएको स्पष्टीकरण आजै गृह मन्त्रालयमा पठाइएको प्रहरीले जनाएको छ ।

छानबिन समितिको प्रतिवेदनले पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानविनमा लापरवाही भएको भनेपछि गृहले किन लापविाही भएको भन्दै एसपी विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई स्पष्टीकरण सोधेको थियो ।