नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङमा ३३ के.भी. विद्युत प्रसारण लाइनको मूल तार चुडिएर खस्दा एक घरमा आगलागी भई क्षति पुगेको छ । बेसीसहर नगरपालिका– १० भोटेफाँट टोल निवासी लक्ष्मण तामाङको घरमा आगलागी भएकोले क्षतिको आफूले उचित क्षतिपूर्ति पाउनु पर्ने बेसीसहरमा पत्रकार भेटघाट आयोजना गरी उहाँले बताउनुभयो ।
विद्युतको लाइन विस्तारका लागि दुई ट्रान्समिसन पोलको बीचमा जोडिएको तार नाङ्गो तार दुई पोलको बीचका जोडिएको जडान खुस्केर घरको छानामा परी विद्युत मिटर पड्केर आगलागी भएको तामाङले बताउनु भयो । उहाँका अनुसार विहान करिव साँढे १० बजेको समयमा घट्ना भएका कारणले जन र धनको ठूलो क्षति हुन नपाएको पीडित तामाङले बताउनु भयो । विद्युतको मिटर, तर सहितका सबै विद्युतीय उपकरणमा आगालागी हुुनुका साथै घरको जस्ताको छानामा समेत प्वाल परेको छ ।
घेर्मु, बाहुँनडाँडा हुँदै उदिपुरसम्म निर्माण भएको उक्त प्रसारण लाइनको तार चुडिँदा घर विद्युतीकरणको क्रममा जडान गरिएका सबै तारहरू सर्ट भएको पीडित तामाङले बताउनुभयो । उहाँका अनुसार सो आगलागीबाट एक लाख रुपया बढीको क्षति पुगेको पत्रकारहरूलाई पीडित तामाङले बताउनु भयो । उहाँले भन्नुभयो, ‘मैले यसको न्यायोचित क्षतिपूर्ति पाउनु पर्छ ।’
‘घरको सबै विद्युतीय सामान जल्नुका सातै, घर छाएको जस्तापातामा समेत प्याल परेको छ तर पनि त्यही घरमा बस्न बाध्य छौं ।’ उहाँले भन्नुभयो, अर्को घर छैन त्यसमा नबसेर कहाँ जाने ? उहाँले प्रति प्रश्न गर्नु भयो । बम जस्तै आवाजमा विद्युतको मिटर पड्किएको उहाँको भनाई छ । उहाँले भन्नुभयो घरसँगै बाँधेको गाई झण्डै मरेन ।
नाङ्गो तार जोडेको स्थानमा प्रायः आगोको ज्वाला निस्किरहन्थ्यो, हामीले त्यस्तै होला कि भन्ने भयो, ऐले त यस्तो भयो, झण्डै मरिन लक्ष्मणको छिमेकी पारमाया तामाङले बताउनु भयो । उहाँले भन्नुभयो, ‘दिउँसो भएर सबै आ– आफ्नो काममा हिडेको बेला भएर बाँचियो, रातीको बेला हुन्थ्यो भने त त्यो घरको मात्र हैन हामीहरू सबै मथ्यौँ ।’
‘अझैं पनि त्यही घटना दोहोरिने डर छ, परियोजना संचालन हुँदा नियम अनुसार सार्वजनिक सुनुवाई सहितका कार्य नहुँदा यस्तो घटना हुन आएको हो’ उहाँको भनाई छ । उहाँका अनुसार मेरो मात्र नभएर अरुको घर पनि जोखिममा छ । परियोजनाको पुनः अध्ययन, अनुसन्धान र मूल्यांकन गरी ३३ के.भी. प्रसारण लाइन प्रभावितका लागि मुआब्जा र क्षतिपूर्तीको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।
एफपिक तथा अधिकार मंच लमजुङका अध्यक्ष खेमजङ गुरुङले परियोजना निर्माणको क्रममा सार्वजनिक सुनुवाई, भेटघाट, मुआब्जा तथा क्षतिपूर्ती जस्ता कुरामा नियम अनुसार काम नभइकन संचालन भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रसारण लाइन पीडितलाई उचित क्षतिपूर्ती दिइनुपर्छ ।’
सो बारेमा नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रमा सम्पर्क गर्दा केन्द्रका प्रमुख दिपक दाहालले घरमा पु¥याएको क्षति बारे अध्ययन गरिने र मापदण्ड अनुसार भए मात्र क्षतिपूर्तीको कुरा आउँछ’ भन्नुभयो ।











प्रतिक्रिया