नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङको एक घरमा राखिएको बाल्टिनको पानीमा डुबेर १५ महिने बालिकाको मृत्यु भएको छ । सुन्दरबजार नगरपालिका– ६ शितल चौताराकी लिजा परियारको घरमा राखिएको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाल्टिनको पानीमा खेल्दै गर्दा डुबेर बेहोस भएपछि बालिकालाई उपचारको लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज पठाइएको इलाका प्रहरी कार्यालय भोटेओडारका इन्स्पेक्टर रमेशप्रसाद श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार बालिकालाई अस्पताल पु¥याउना साथ किचित्सकले बालिकालाई मृत घोषणा गरेका थिए ।











प्रतिक्रिया