जुवाडे छाड्न सांसददेखि मेयरसम्म प्रशासनमा, प्रशासन साढे ६ बजेसम्म खुल्ला

0
Shares

शालिकराम चालिसे, नुवाकोट ।
नुवाकोटको विदुर नगरपालिका वडा नं ६ को मान्द्रे ढुङ्गामा जुवा खेलेर पक्राउ परेका वडासदस्य सहितको जुवाडे टोलिलाई छुटाउन प्रतिनिधिसभाका सांसद नारायण खतिवडा र विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित प्रशासनमा पुगेर दबाब दिएका छन । जसको कारण सोमबार जिल्ला प्रशासन कार्यलय साँझ ६ः३० सम्म पनि खोलिएको छ ।

जिल्ला प्रशासन कार्यलय जुवाडे छुटाउनकै लागि भन्दै करिव डेढ घण्टा बढि समय अर्थात साँझ ६ः३० बजेसम्म खुल्ला राखिएको छ । सामान्यतया साँझ ५ बजेसम्म संचालन हुने प्रशासन सोमबार जुवाडेलाई छुटाउनकै लागि साँझ ६ः३० बजेसम्म कार्यलय खुल्ला राखिएको थियो । जिल्ला प्रहरी कार्यलय नुवाकोटले विदुर नगरपालिका वडा नं ६ मान्द्रेढुङ्गाबाट विदुर नगरपालिका वडा नं ६ का वडासदस्य श्यामकृष्ण चालिसेससहित १३ जनालाई पक्राउ गरि प्रहरी कार्यलय ल्याएर अनुसन्धान शुरु गरेपछि नेकपाबाट निर्वाचित प्रतिनिधि सभाका सांसद नारायण खतिवडा र विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको दबाब झेल्न नसकेर प्रजिअ थापाले उनीहरुलाई छुटाउनकै निम्ती साँझसम्म कार्यलय खुल्ला राखेका थिए । नुवाकोटमा प्रजिअ भएर आएको करिव ६ महिनाको अवधिमा अबेर साँझसम्म कार्यालयमा बसेर सेवा पुर्याएको यो नै पहिलो पटक भएको जिल्ला प्रशासनका एक कर्मचारीले बताए ।

असोज २९ गते राती सोमबार तास खेलिरहेको समयमा पक्राउ परेका वडासदस्य सहितका १३ जनालाई नुवाकोट प्रहरीले थुनामा राखेर अनुसन्धान गर्नुको सट्टा त्यही समयमा जिम्मा जमानीमा तास खेलाउने घरधनीलाई ८ हजार रुपैयाँ र अन्य १२ जनालाई जनही चार हजार जरिवाना तिराएर छाडेका थिए । यो घटना वाहिरएपछि नुवाकोट प्रहरी र प्रशासन तथा जुवाडे छुटाउन गएका सांसद खतिवडा र विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको तिव्र आलोचना शुरु भएको छ । कार्यलय साँझसम्म खोलेको प्रसंगमा सिडियो थापाले दिउसो ३ बजेबाट नै मुद्धा हेर्न थालेकाले अबेर भएपनि फैसला गरेर छाडेको प्रतिक्रिया दिए ।

 

उनले मुद्धा हेर्दाहेर्दै राती भएको जनाएपनि सोमबार अपरान्ह उनको कार्यकक्षमा नेकपाका प्रतिनिधिसभाका सांसद नारायणप्रसाद खतिवडा र विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले उनीहरुलाई तत्काल छाड्न दबाब दिन पगेका थिए । पक्राउ परेकाहरुलाई छाड्न तिव्र राजनितिक दबाब आएको कारण नै साँझसम्म कार्यलय खोलेर जुवाडे छुटाइएको बताइएको छ । तर आफुमाथि कुनैपनि दबाब नआएको र कानुन वमोजिम हुनुपर्ने काममा कसैको दबाबले केही पनि नहुने प्रजिअ थापाले दाबी गरे । जुवाको खालबाट तास र कौडा सहित समातिएका १३ जना व्यक्तिबाट प्रहरीले तीन लाख ७१ हजार ५ सय रुपैयाँ बरामद गरेको बताएको छ । तर प्रहरीले व्यत्तिगत रकमबारे उल्लेख गरेको छैन ।

जुवा खेलाएको आरोपमा प्रहरीले बिदुर नगरपालिका वडा नं.६ का घरधनी श्याम बहादुर तामाङलाई पक्रेको थियो । जुवा खेलेको आरोपमा पक्राउ पर्नेमा विदुर नगरपालिका वडा नं ६ का वडासदस्य श्यामकृष्ण चालिसे ,रौतहट जिगडिया गाउँपालिका वडा नं.३ का शेख अफराम, बिदुर नगरपालिका वडा नं.२ का दिपक थापा मगर,बिदुर नगरपालिका वडा नं.५ का रुद्रबहादुर पौडेल, वडा नं २ कै पवनमान श्रेष्ठ, वडा नं.१२ का दिपक तामाङ, लिखु गाउँपालिका वडा नं.४ सन्तोष शाह वडा नं ४ कै राम शाह, बिदुर नगरपालिका वडा नं.२ का हरिकृष्ण अधिकारी रहेका छन । त्यस्तै अन्यमा बिदुर नगरपालिका वडा नं.१२ का बिष्णु बहादुर तामाङ, बिदुर नगरपालिकाका सुरज गिरी र सफि खान रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।