ट्राफिक नियम उल्लघन गर्ने ४ सय सवारी कारवाहीमा

0
Shares

रसुवा ।
रसुवामा दशैको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४ सय भन्दा बढि सवारी साधन कारवाहीमा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय रसुवाका अनुसार घटस्थापनादेखि बिजया दशमी टिकाको तेस्रो दिन सम्म सवारी साधन संचालन गरि ट्राफिक नियम उल्लङ्घन गर्ने ४ सय ११ वटा सवारी साधन कारबाहिमा परेका हुन् ।

कारवाहीमा सबैभन्दा बढी मालमाहक डिब्बा कन्टेनर, बस, निजि सवारी साधन, मोटरसाईकल लगायत रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा ओभरलोड, सिट क्षमता बिपरित सवारी साधन संचालन, मा.प.से. गरि सवारी संचालन, लाईसन नबोकि सवारी संचालन लगायत सवारी संचालन गरेका उनीहरु कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालय रसुवाका अर्जुन न्यौपानेले बताए ।

न्यौपानेका अनुसार २ सय ५० वटा ट्रक तथा कन्टेनर, ३६ वटा बस, ७५ वटा कार जिप, ५० वटा मोटरसाईकल गरि ४ सय ११ वटा सवारी कारबाहिमा परेका छन । कारबाहिमा परेकाहरुबाट जरिवाना स्वरुप ३ लाख ५६ हजार असुली भएको न्यौपानेले बताए । त्यस्तै जिल्लामा सवारी दुर्घटना न्युनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाले अभियान संचालन गरिरहेको छ । दुर्घटना न्युनिकरण सम्बन्धि पर्चा पम्पेट बितरण, हरेक हप्ता जिल्लाको कुनै एक चेकपोष्टमा चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट सवारी दुर्घटना न्युनिकरण सम्बन्धि कुराकानी गरिरहेको ट्राफिक प्रमुख नवराज खड्काले बताए । जसका कारण यो वर्षको दशैमा जिल्लामा कुनैपनि घटना नभएको उनले बताए ।