सल्यानमा वल्ड लिंकको रिपिटर टावर तोडफोड

0
Shares

सरिता चलाउने, सल्यान ।
सल्यानको कपुरकोट स्थीत वल्र्ड लिंक कम्युनिकेशनद्धारा सञ्चालित इन्टरनेट सेवाको टावरमा तोडफोट भएको छ । सोमबार राति वल्र्ड लिंक इन्टरनेटको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलाबारिको रिपिटर टावरमा तोडफोड गरि अज्ञात समूहले महत्वपूर्ण सामान चोरि गरेको वल्र्ड लिंकका सल्यान प्रतिनिधी शनत कुमार शर्माले जानकारि दिएका छन् । तोडफोड हुँदा अहिले सल्यान, दाङ, रुकुम, रोल्पा, अर्घाखाँची, जाजरकोट लगाएतका जील्लामा इन्रनेट सेवा अवरुद्ध भएको छ ।

चाड मान्न सुरक्षा गार्ड घर गएको मौका छोपि अज्ञात समूह वा व्यक्तिले टावर भित्र छिर्ने ढोका फोडेर महत्वपूर्ण तारहरु काटी रेडियो उपकरणहरु झिकेर लगेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

अज्ञातसमुहले गएराति करिब ९ बजेको समयमा तोडफोड गरी केही सामाग्री चोरेरे लिएको प्रहरीले जनाएको छ । तोडफोड भएको ठाउँमा पुगेर घटनाबारे बुझेर घटना कस्ले गराएको हो भन्ने बारे अनुसन्धान भैरहेको प्रहरी नायब उपरिक्षक बिरेनद्र बहादुर शाहीले बताउनु भयो ।
टावरमा लाग्ने राउटर, रेस्कम स्वीच, तारहरुको सामान चोरि भएको र ६० हजार बराबरको क्षती भएको प्रहरी प्रमुख शाहीले बताउनु भयो । इन्टरनेट सेवा सुचारु गर्नका लागी वल्र्ड लिंकको प्राविधिक टोलि कपुरकोट आएर काम सुरु गरिरहेकोे प्रहरीले जनाएको छ ।