भगवती तिमल्सिना, काठमाडौ ।
आँखा सेवा सबैका लागि ९ विश्व दृष्टि दिवस मनाआंै भन्ने नाराका साथ यही अक्टोवर ११ तारिखका दिन उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानहरुबारे विश्वभर चेतना फैलाउनका लागि विश्व दृष्टि दिवस मनाइयो ।
विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारण कार्यमा संलग्न अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरुको छाता संगठन अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सीले सन् २०१० को अध्ययनलाई आधार मानी विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ । यस लक्ष्यलाई पूरा गर्न तिलगंगा आँखा प्रतिष्ठान लगायत आँखा स्वास्थ्य क्षेत्रमा संलग्न सबै निकायहरु सहकार्य गर्दै आइरहेको सर्वविदितै छ ।
विश्व स्वास्थ्य संगठन र एलएपीबीले संयुक्त रुपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनिकरण गर्न सन् १९९९ फेब्रुअरीमा भिजन २०२० राइट टु साइट कार्यक्रमको घोषणा गरी आँखा स्वास्थ्य सेवामा गुणस्तरीय सेवा, समतामूलक वितरण, एकिकृत स्वास्थ्य सेवा र दिगोपना चार मूल्य र मान्यतालाई जोड दिदै हरेक वर्ष अक्टोबर महिनाको दोस्रो विहिबारलाई विश्व दृष्टि दिवसको रुपमा मनाउने गरिएको छ ।
नेपाल सरकारले पनि आफू उक्त संगठनको एक सदस्य राष्ट्र भएकाले सन् १९९९ नोभेम्बरमा भिजन २०२० राईट टु साइट कार्यक्रम मनाउने घोषणा गरी २० वर्षे कार्ययोजना ९२००१–२०१९० लागु गरेको छ । यस दिवसमा विश्वभरिका विभिन्न संघ–संस्थाले सरकार, संस्था र व्यक्तिलाई विश्वव्यापी रुपमा परिचालित अन्धोपन निवारण कार्यक्रममा सहकार्य गर्न प्रोत्साहित गर्दछ ।
विगत ३ दशकदेखि नेपालको आँखा स्वास्थ्य सेवामा गैरसरकारी संस्थाहरुको सहभागिताले यस क्षेत्रको प्रगति तुलनात्मक रुपमा अग्रिम पंक्तिमा छ यद्यपि प्राथमिक आँखा उपचार सेवालाई ग्रामीण समुदायसम्म अझ प्रभावकारी बनाउन जिल्लामा आँखा स्वास्थ्य सेवा कार्यक्रमसँग सम्बन्धित सबै सरोकारवालाबीच समन्वय गराउँदै एकीकृत स्वास्थ्य सेवा प्रणालीमा जोड दिनु विश्व दृष्टि दिवसको पहिलो प्राथमिकता हो ।
विश्व दृष्टि दिवस, आश्विन २५ गतेका दिन तिलगंगा आँखा प्रतिष्ठान, काठमण्डौ ,हेटौडा सामूदायिक आँखा अस्पताल लगायत १५ जिल्लामा रहेका सामुदायिक आँखा केन्द्रमा वालवालिका ९१४ वर्षभन्दा कम उमेर० ,वृद्ध ९६० वर्ष देखि मथिका उमेर० तथा लक्षित वर्गका निम्ति निःशुल्क परामर्श सेवा प्रदान गर्ने, साथै आँखा उपचार सम्वन्धि जनचेतना जगाउने उद्देश्यका साथ आँखा केन्द्र वा अस्पताल परिसरमा र्याली तथा सभा मार्फत स्थानिय सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधी,पत्रकार,व्यवसायी, बुद्धिजिवी, संघसस्थाको प्रतिनिधि सर्वसाधारण तथा विरामीको उपस्थितीमा आँखा स्वास्थ्य सेवाको आवश्यकता तथा महत्ववारे जानकारी गराउने र त्यस सम्वन्धि सुचना सामाग्री वितरण गर्ने कार्यक्रम रहेको छ । विश्व दृष्टि दिवस २०७५ को अवसरमा ओखलढुंगा, रामेछाप,दोलखा तथा सिन्धुली र चामे, मुस्ताङ्गमा बिरामीलाई लक्षित गरि आयोजना गरिएको आँखा शल्यक्रिया शिविर मा कुल १४४ जनाको निःशुल्क मोतीविन्दुको शल्यक्रिया सम्पन्न गरिएको छ ।
आँखा स्वास्थ्य सम्वन्धि केही तथ्य
नेपालमा
१ लाख २० हजार मानिस दृष्टिीविहिन छन् ।
१० लाख २५ हजार मानिसमा उच्च तथा मध्यम दृष्टिदोषको समस्या रहेको छ ।
११ लाख ५० हजार मानिस अन्धोपना वा दृष्टिदोषबाट प्रभावित छन् ।
दृष्टिदोष भएका मध्ये ८९ ५ मानिसहरु विकासोन्मूख देशमा बसोबास गर्दछन् ।
अन्धोपनाको ६६५ अन्धोपन उपचार गर्न सकिने खालका छन् ।
अन्धोपनाको १६५ अन्धोपन रोकथाम गर्न सकिने खालका छन् ।
कुल उच्च तथा मध्यम न्यूनदृष्टि रहेका मध्य ६० प्रतिशत महिलामा रहेको देखिन्छ ।
न्यूनदृष्टिको मूख्य कारणहरुमा दृष्टिदोष, मोतिविन्दु र जलविन्दु रहेका छन् ।
दृष्टिविहिनको मूख्य कारणहरुमा मोतिविन्दु, जलविन्दु र आँखाको पर्दा रहेका छन् ।
पछिल्लो २० वर्षमा संक्रमण जस्तै ट्रकोमाका कारण ले हुने न्यूनदृष्टि समस्यामा वृहत रुपमा घटेको छ ।
हरेक वर्ष नेपालमा अनुमानित ३० ५ मानिसलाई आँखा जाँच गराउनुपर्ने देखिन्छ ।
सन् २०१४ मा नेपालमा गरिएको पहिलो र ठूलो सर्भेमा ०.०६५ बालबालिकामा बाल अन्धोपन देखिन्छ । त्यसमध्ये ८० ५ बालबालिकाहरुको उपचार गरेर हटाउन सकिने अन्धोपन भेटिएको छ ।
अन्धोपनाका मूख्य कारणहरु:
मोतिविन्दु र यस सम्बन्धित – ६५ ५
आँखाको पर्दा जन्य रोगहरु– १३ ५
आँखाको नानीमा हुने अन्धोपना– ६ ५
जलविन्दु– ५५
दष्टिदोष– ४ ५
अन्य–७ ५
(स्रोत इपिडिमियोलोजी अफ ब्ल्यान्डनेस इन
नेपाल २०१०, आई हेल्थ मिड टर्म रिभ्यु
२०१२)
विश्वमा
३ करोड ६० लाख मानिस दृष्टिीविहिन छन् ।
२१ करोड ७० लाख मानिस मध्ये १२ करोड ४० लाख मानिसमा दृष्टिदोष तथा ६ करोड ५० लाखमा मोतिविन्दुको समस्या रहेको छ । जसमध्ये ७५ प्रतिशत समस्याको समाधान गर्न सकिन्छ ।
२५ करोड ३० लाख मानिस अन्धोपना वा न्यूनदृष्टिबाट प्रभावित छन् ।
१ अरव मानिस नजिकको दृष्टि क्षमता कमजोर भएका छन् ।
अनुमानित १ करोड ९० लाख बाल बालिकाहरुमा दृष्टि दोष ९ख्ष्कगब िक्ष्mउबष्चmभलत० देखिएको छ ।
कूल दृष्टि दोष मध्ये झण्डै ६५५ मानिसहरु ५० वर्ष र माथिका उमेरका छन् ।
अन्धोपना र दृष्टिदोषको भार १९९० को ४।५८ प्रतिशत बाट घटी २०१५ मा ३।३७ प्रतिशतमा झरेको छ ।
स्रोत: अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सी ।
आँखा स्वास्थ्य सन्देश
आँखाले टाढा वा नजिकको वस्तु स्पष्ट देख्न नसक्नु, धमिलो देख्नु, टाउको दुख्नु, आँखा सानो पारेर हेर्नु आदि दृष्टिदोषका लक्षणहरु हुन् । यो समस्या जो कोही र जुनै उमेरमा पनि हुन सक्छ । आँखा धमिलो हुनासाथ सबैले नजिकको आँखा केन्द्रमा गई जचाँइहाल्नुपर्दछ ।
दृष्टिदोष रहेका बालबालिकाको गुणस्तरीय शिक्षा सुनिश्चित गर्न आजै आँखा जाँच गरी उनिहरुको भविष्य उज्वल पारौं । विद्यालय भर्ना गर्नुअघि आफ्ना वालवालिकाको आँखा जाँच गराआैँ ।
दृष्टिदोष हुनेले चश्मा प्रयोग गरौ । दृष्टि दोष समस्या बाट बचौं र बचाऔं ।
नेपालमा दृष्टि क्षमता कमजोर भएका मानिस मध्ये ६० प्रतिशत महिला छन् । महिलाको आँखा सेवामा एकदमै कम पहुँच हुनको कारण यातायातको असुविधा र उपचार खर्चको अभाव हो । साथै अन्य कारणहरुमा जनचेतनाको अभाव, घरायसी कामकाज तथा पारिवारिक व्यस्तता, निर्णय प्रक्रियामा सहभागिताको कमी,आँखा केन्द्र वा आँखा अस्पताल जान अरुको सहयोग लिनुपर्ने बाध्यता आदि हुन् । तसर्थ महिलामा हुने आँखा समस्याको प्राथमिकताका साथ उपचार गरौं ।
हरेक ५ जना अन्धोपन भएका मानिसमध्ये ४ जनाको उपचार र रोकथाम सम्भव छ । तसर्थ आजै नजिकको आँखा केन्द्र वा आँखा अस्पतालमा गई आँखाको जाँच गरि अन्धोपना हुनवाट बचौं र बचाऔं ।
मधुमेह तथा उच्च रक्तचाप भएका सबैले आँखा जाँच गराऔं ।
४० वर्ष उमेर पुगेका सबैले आफ्नो आँखा जाँच गराऔं ।
आँखा स्वास्थ्य सबैको प्राथमिकता स्थानिय श्रोत परिचालन आजको आवश्यकता ।
आँखा स्वास्थ्य सेवा हरेक तहका स्वास्थ्य प्रणालीमा एकिकृत गरौ ।
अतिविपन्नका लागि आँखा स्वास्थ्य सेवा निशुल्क गरौ ।
विश्वका सवैजसो मुलुकमा पाको उमेरको जनसंख्या वढ्दै गईरहेको पृष्ठभुमिमा ठुलो जनसंख्या उमेरका कारणले निम्त्यउने अन्धोपनाको जोखिममा रहेको छ ।
समाचार स्रोतः तिलगंगा आँखा प्रतिष्ठान
प्रतिक्रिया