काठमाडौं, (नेस)
नक्कली नोट छाप्ने गिरोहका ५ जनालाई नेपाली नक्कली नोट छाप्ने मेसिन, नेपाली नक्कली नोट र सोको लागि प्रयोग हुने विभिन्न सामग्रीसहित कीर्तिपुर नगरपालिका–४ स्थित मच्छेगाउँबाट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँ डेरा गरी बस्ने पर्सा पर्सागढी नगरपालिका–३ का इन्द्रबहादुर श्रेष्ठ, सोही ठाउँ डेरा गरी बस्ने गोरखा शहीद लखन गाउँपालिका–८ का नारायण श्रेष्ठ, काठमाडौं मूलपानी बस्ने मकवानपुर हर्नामाडी–९ का साहिल थापामगर, काठमाडौं बौद्ध जोरपाटी बस्ने पर्सा विरुवागुठी–३ का राज श्रेष्ठ र काठमाडौं कुमारीगाल बस्ने कागेश्वरी मनहरा–११ का विकास दोचे रहेका छन्।
नेपाली नक्कली नोट छापी बजारमा वितरण तथा प्रयोग भइरहेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट नक्कली नोट ३ लाख ७० हजार रुपियाँ, पैसा छाप्ने मेसिन १ थान, सोको मसी २ वट्टा, पैसा छाप्न प्रयोग हुने पेपर २ बन्डल, मोबाइल ४ थान, लालीगुराँस अंकित रबर छाप, नक्कली पैसा बनाउन प्रयोग भएका सक्कली १ हजारका नोट ३ थान र १ सयका नोट ३ थान, पैसा बन्डल बनाउन प्रयोग गरिने गोर्खा फाइनान्सका ट्याग १२ थान र एनआईसी बैंकको नक्कली चेकसमेत प्रहरीले बरामद गरेको छ।











प्रतिक्रिया