भद्रपुर ।
दशैँ पर्व चलिरहेको समयम भद्रपुरका कारोबारीले भने तस्करीलाइ निरन्तरता दिइएको पाइएको छ । सवै मानिस दशैमा व्यस्त हुने आङ्कलन गरेर कारोबारीले भित्रउदै गरेको सामान सशस्त्र प्रहरीले बरामद गरेपछि कारोबारीको तस्करी सतहमा आएको हो ।
झापाको पूर्वी दक्षिणी क्षेत्र भद्रपुर–५ मेचीकिनार स्थित श्मसानघाटबाट अनुमानित दुइलाख मूल्य बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल गण हे.क्वा २ ले जनाएको छ । भारतबाट भद्रपुर तर्फ एक समूहले भन्सार छलेर ल्याउदै गरेको कपडा सशस्त्र प्रहरीबाट सादा पोसाकमा खटिएको प्रहरीले सीमा क्षेत्रको १०२ नम्बर स्तम्भबाट बरामद गरिएको सशस्त्रका प्रवक्ता तथा डिएसपी ओजिस ओलीले जनाए । प्रहरीलाइ देख्नेबित्तिकै कामदार भागेकोले सामानमात्र बरामद गरिएको डिएसपी ओलीले बताए । बरामद गरिएको सामानमा ३ सय ३० मीटर पर्दा कपडा,एक सय १० थान कुर्ता सुरुवाल र एकसय ४७ थान भेष्ट गरी १ लाख ५८ हजार २ सय मूल्य बराबरको कपडा बरामद गरिएको ओलीले जनाए ।
त्यसैगरी सशस्त्र प्रहरी केचनाले ३० हजार मूल्य बराबरका ५ थान खसी बरामद गरेको छ । भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा बनियानी वगान स्थित १२२ नम्बरको जङ्गे स्तम्भबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यस्तै भरतबाट नेपाल तर्फ ल्याउदै गरेको ११ काटुनमा रहेको ११ हजार ६ सय ४० मूल्य बराबरको कोल्डड्रिङ् बरामद गरेको छ । बरामदसवै सामाग्रीलाइ आवश्यक कार्बाहीको लगि मेची भन्सार कार्यालय काकँडभिट्टा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।











प्रतिक्रिया