दाइको हत्या गरी फरार रहेका भाइ १५ वर्षपछि पक्राउ

0
Shares

सन्धिखर्क ।
आफ्नै दाजुको हत्या गरी फरार रहेका भाइ १५ वर्षपछि पक्राउ परेका छन्। अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ८ सुर्सिङ्गमा २०६१ साल कार्तिक ६ गते घरायसी विवादमा ३५ वर्षीय दाइ हेमबहादुर नेपालीको हत्या गरी फरार रहेका २६ वर्षीय जीतबहादुर नेपाली १५ वर्ष पछि पक्राउ परेको प्रहरीले जनाएको छ ।

भारतको कानपुरमा लुकिछिपी बस्दै आइरहेको जीतबहादुरलाई गोप्य सूचनाको आधारमा आइतबार राति सन्धिखर्क नगरपालिका ४ टुनीपोखरामा रहेको ससुरालीघरबाट प्रकाउ गरिएको प्रहरीले जनाएको छ ।