सुदूरपश्चिम प्रदेशमा ३ महिनामा २१ दुर्घटना, २५ को ज्यान गयो

0
Shares

विमल बिष्ट, डोटी ।
सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७५÷०७६ को तीन महिनामा २१ वटा सवारी दुर्घटना बाट २५ जनाले ज्यान गुमाएका छन् । साउन महिनामा ४ वटा सवारी दुर्घटनामा परी ३ जनाले ज्यान गुमाएका छन् । गएको भदौ महिनामा १४ वटा सवारी दुर्घटनामा ७ जनाको ज्यान गयो भने असोज महिनामा ११ वटा सवारी दुर्घटनामा परी १५ जनाले ज्यान गुमाएका छन् ।

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर जोराका अनुसार सडकको अवस्था दयनीय हुनु, ट्राफिक नियमप्रति सचेतता नअपनाउनु लगायतका कारणले दुर्घटना बढेको हो । आर्थिक वर्ष ०७२÷०७३ मा १ सय ५५ सवारी दुर्घटनाबाट १ सय २१ जनाले ज्यान गुमाएका थिए ।

त्यस्तै आर्थिक वर्ष ०७३÷०७४ मा १ सय ८४ सवारी दुर्घटनाबाट १ सय ३२ जनाले ज्यान गुमाएका थिए । त्यसैगरी आर्थिक बर्ष ०७४÷०७५ मा १ सय ६४ सवारी दुर्घटनाबाट १ सय ६६ जनाले ज्यान गुमाएको सुदूरपश्चि प्रदेश ट्राफिक कार्यालयको तथ्यांकले देखाएको छ ।