मेलम्ची ।
जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको ट्रिपर भैँसेमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बा ४ ख ९०१७ नंको ट्रिपर सडकमै पल्टिँदा ११ जनाभन्दा बढी घाइते भएका छन् । उक्त टिपरले घुम्तीमा अर्को गाडीलाई उछिनेर घुमाउन खोज्दा सडकमा पल्टिएको भैँसे निवासी रामबहादुर तामाङले बताउनुभयो ।
दुर्घटनाका कारण एक जनाको घटनास्थलमै मृत्यु भएको र बाँकीलाई उपचारका लागि खाडीचौर लगिएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कुमार श्रेष्ठले मृतकको सनाखत हुन नसकेको र चालक फरार भएको जानकारी दिनुभयो ।
रासस











प्रतिक्रिया