कृष्णनगरमा लागेको कर्फ्यू साँझ ५ बजेसम्मका लागि खुल्ला

0
Shares

कपिलवस्तु ।
जिल्ला प्रशासन कार्यालयले कृष्णनगर बजार क्षेत्रमा आज साँझ ५ बजेसम्मका लागि कर्फ्यू  हटाएको छ । दुर्गाको मूर्ति सेलाउने क्रममा विवाद बढेपछि जिप्रकाले निषेधाज्ञा लगाएको थियो ।

कर्फ्यू हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ । शनिबारदेखि बढेको विवाद आजदेखि सामान्य बनेको हो । गए राति कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको थियो ।

विजयादशमीको भोलिपल्ट एकादशीमा दुर्गा पूजाको मूर्ति विसर्जन गरिँदै आए पनि यस वर्ष विवाद भएपछि द्वादशीमा मूर्ति विसर्जन गरियो ।

मूर्ति विसर्जन गर्न जाने बाटाको विषयमा विवाद भएको थियो । कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर १ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाउँ र पश्चिम सिर्सिहवा चोकसम्म निषेधाज्ञा लगाइएको छ ।