विमल बिष्ट, डोटी ।
दशैको समयमा डोटीमा कुनैपनि अप्रिय घटना नभएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । बिगतका बर्षहरुमा दशैको समयमा बिभिनन किसिमका झै झगडा तथा घटनाहरु घट्ने भएपनि यो बर्ष डोटीमा कुनैपनि घटना नभएको डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले बताउनु भयो । उहाँले भन्नु भयो ‘बिगतका घटनालाई मध्यजनर गरेर हामीले शुरक्षा ब्यबस्था बलियो बनाएका थियौ,हाम्रो अनुरोध यहाँका जनताले मानेकाले कुनैपनि घटना भएनन् ।’
त्यस्तै दशैको समयमा डोटीमा घटना भएको बिषयमा कुनैपनि उजुरी नपरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी बिद्यानन्द माझीले बताउनु भयो । उहाँले भन्नु भयो ‘बिगतको बर्षमा डोटीमा झै झगडाका उजुरी बढी पर्ने गरेका थिए,यो बर्ष प्रहरीमा एउटा पनि उजुरी दर्ता भएको छैन् ।’ दशैको समयमा डोटीमा ब्यापक रुपमा शुरक्षाकर्मी परिचालन भएका थिए । जिल्लाका बिभिन्न ठाउहरुमा सादा पोसाक तथा अत्याधुनिक हतियारका प्रहरीहरु तैनाथ भएकाले पनि कुनै किसिमको घटना नभएको प्रहरीको दाबी छ ।











प्रतिक्रिया