काठमाडौँ ।
तीन लाख ७० हजार नक्कली नोटसहित पक्राउ परेकालाईपत्रकार सम्मेलन गरीे सार्वजनिक गरेको छ ।
नक्कली नोट कारोबारीमा पर्साको बिरुवा गुठी घर भई हाल मच्छेगाउँमा बस्दै आएका २७ वर्षीय ईन्द्रबहादुर श्रेष्ठ,जो यसअघि सिरहा जिल्लाबाट हात हतियार खरखजाना मुद्दामा ११ महिना जेल बसेर छुटेका व्यक्ति भएको प्रहरीको भनाइ छ । उनी नक्कली नोट छाप्ने प्रमुख योजनाकार रहेको प्रहरीको दाबी छ ।
उनीसँगै पक्राउ परेका उनका सहयोगी गोरखा सहिल लखन गाउँपालिका वडा नं ८ का २५ वर्षीय नारायण श्रेष्ठ, त्यसैगरी मकवानपुर हर्नामडी ९ का हाल मूलपानी बस्ने २५ वर्षीय साहिल थापामगर, त्यस्तै पर्सा बिरुवागुठी ३ का हाल जोरपार्टी बस्ने २८ वर्षीय का राज श्रेष्ठ छन् भने कागेश्वरी मनहरा ११ घर भई हाल कुमारीगाल बस्ने २९ वर्षीय विकास दोचे रहेका छन् ।
उनीहरुलाई शनिबार राति ललितपुर मच्छेगाँउबाट पक्राउ गरिएको थियो । उनीहरूले भाडामा लिएको कोठामा नक्कली नोट छाप्ने कारखाना नै खालेको प्रहरीले भनाई छ । प्रहरीले उनीहरुसंग नक्कली नोटको लागि आवश्यक पर्ने कागज, फोटोकपि मृसिन र नक्कली नोट बरामद गरेको हो ।











प्रतिक्रिया