महेश न्यौपाने, रोल्पा ।
घरमा जडान गरेको सोलार सट हुदा रोल्पा नगरपालिका १० धवाङको एक घरमा भएको आगलागीवाट लाखौको धनमाल क्षति भएको छ । रोल्पा नगरपालिका १० धवाङका मनराख रोका मगरको ३ वर्ष अघि निर्माण गरिएको उक्त दुईतले कच्ची घर आगलागी हुदा करिव २५ लाख वरावरको क्षति भएको वताइएको छ ।
धागो तयार पार्न सुकाई राखेको अल्लोवाट आगो घरमा फैलिएको वताइएको छ । आगलागी पछि घरमा रहेका नगद, जिन्सि, लत्ताकपडा र अन्नपात लगायत संपूर्ण सामान जल्नुका साथै घर पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको वताइएको छ । दशैको समयमा घर जलेर क्षतिग्रस्त हुदा रोका परिवार घरवार विहिन भएको वताइएको छ । छिमेकी संग त्रिपाली मागी अस्थायी वसोकावासका लागि वास वनाए पनि अन्नपात जलेका कारण साँझ विहानके खाने भन्ने समस्या परिरहेको छ स्थानीय तारा प्रसाद वुढाले भने ।
वृद्धावस्थाका कारण लामो समय त्रिपाल मुनी वस्न संभव नभएकाले वैकल्पीक स्थायी वसाइको लागि विभिन्न विकल्पहरु खोजिरहेका छौ छिमेकी वुढाले भने ।
लामो दशै विदाका कारण राहातका लागि जिल्ला दैवि प्रकोप उद्धार समिति, नेपाल रेडक्रस सोसाईटी लगायतका निकायमा जान नसकिएको वुढाले जानकारी दिए । विदा सकिए लगत्तै वडा कार्यालयको सिफारिसमा राहातको प्रकृया अगाडी वढाउने छिमेकी वुढाको भनाई छ ।











प्रतिक्रिया