काठमाडौँ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले तीन लाख ७० हजार बराबरको नक्कली नेपाली नोटसहित ५ जनालाई पक्राउ गरेको छ।
उनीहरुलाई शनिबार राति ललितपुर मच्छेगाँउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूले भाडामा लिएको कोठामा नक्कली नोट छाप्ने कारखाना नै खालेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुसंग नक्कली नोटको लागि आवश्यक पर्ने कागज र नक्कली नोट बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई सार्वजनिक गर्न काठमाडौं प्रहरीले दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
याे पनि पढ्नुहाेस











प्रतिक्रिया