नेपाल समाचारपत्र, काठमाडौं ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रमाण नस्ट गर्ने कार्यमा संलग्न रहेको आरोप लाग्दै आएका एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गर्न कारवाही प्रक्रिया अघि बढाइएको छ ।
गृह मन्त्रालयले एसपी विष्ट र प्रहरी निरीक्षक भट्टराईलाई बर्खास्त गर्नेगरी कारवाही अगाडि थालेको गृहसचिव प्रेमकुमार राईले समाचारपत्रलाई बताउनुभयो ।
उहाँले बर्खास्त गर्नु अघि आफ्नो कुरा राख्न पाउने प्राकृतिक न्यायको सिद्धान्त अनुसार उनीहरुलाई उक्त प्रकरणमा किन कारबाही नगर्ने भनि स्पष्टिकरण सोध्न लागिएको बताउनुभयो । उहाँ भन्नुभयो ‘‘उनीहरुले दिएको जवाफ चित्तबुझ्दो नभएमा सरकारले पुनः जवाफ माग्ने वा बर्खास्त गर्न कारबाही प्रक्रिया अघि बढाउने छ।’’
घटनामा दोषी देखिएका दुवै प्रहरी अधिकारीसँग स्पष्टिकरण सोध्ने तयारी भएको उहाँले स्वीकार्नुभयो । अनुसन्धानको नियमित प्रक्रिया अन्तर्गत नै तत्कालीन अवस्थामा कमान्डमा रहेका व्यक्तिलाई किन जिम्मेवारी निर्वाह भएन भनेर सोध्न लागिएको उहाँले बताउनुभयो ।
‘दुवै प्रहरी अधिकारीमाथि लागेका आरोपको सिलसिलेवार र चित्तबुझ्दो जवाफ खोज्ने छौं, जवाफ नआए बर्खास्तगीसम्मको कारवाही हुनसक्छ राईले भन्नुभयो । ‘विभागीय कारवाहीको प्रक्रिया भने स्पष्टिकरण सोधेपछि प्रक्रियामा जाने छ।’
उनीहरु उक्त घटनामा संलग्न हुन् वा होइनन् तथ्य, तर्क र नियतको परीक्षण हुने उहाँले स्पष्ट पार्नुभयो ।











प्रतिक्रिया