सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु

0
Shares

जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दिउँसो ३ बजे ग्यास सिलिण्डर विष्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको छ ।

विष्फोटमा दुई जनासमेत घाइते भएको जनाइएको छ ।
रासस