कृष्णउदास खनाल, वीरगन्ज ।
नेपालीहरुको महान पर्व बिजया दशमीको अवसरमा वीरगन्जमा बिहीबार राति साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।
नेपाल तथा भारतका ख्याती प्राप्त कलाकारहरुको प्रश्तुतीमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाली चर्चित गायिका सेलिना कुवरले आफ्नो प्रश्तुती दिएकी थिइन् भने कार्यक्रममा भोजपुरी कलाकार सुनिल पंडित,खेसारीलाल यादव,अम्रपाली दुबे,काजल राघवानी,संदीप क्षेत्री लगायतले प्रश्तुती दिएका थिए ।

भोजपुरी र नेपाली गीत संगितको उत्थानका लागि कार्यक्रम आयोजना गरिएको आयोजकहरुले बताएका छन् । आफ्नो गृहजिल्लामा दर्शकको अपार मायाँ पाउदा आफू निकै हर्षित भएको गायिका सेलिनाले बताइन् ।











प्रतिक्रिया