गोरखाको मनकामना मन्दिरमा दर्शनार्थीको भीड

0
Shares

काठमाडौँ ।
गोरखा जिल्लामा अवस्थित धार्मिक तथा पर्यटकिय स्थल मनकामना मन्दिरमा दर्शनार्थीको भीड लागेको छ। बडादशैँ अन्तर्गत महाअष्ठमीका अवसरमा मन्दिरमा बुधबार दर्शनार्थीको भीड बढेको छ ।

आफ्नो मनको कामना अर्थात मनको इच्छा पूरा गर्ने देवीका रुपमा मनकामनालाई पुज्ने गरिन्छ। देवीलाई सम्झिएपछी मनको इच्छा पुरा हुने भएकोले देवीको नाम मनकामना रहन गएको जनविश्वास रहि आएको छ ।

आफुले चिताएको काम पूरा होस भनि मनकामना भगवती मन्दिरलाई सम्झी भाकल गर्ने र शुभ साईत हेरी देवीको दर्शन गर्ने प्रचलन रहि आएको छ ।

वर्षेनी बिशेष गरि नवदुर्गाको समयमा हजारौं दर्शनार्थीहरु आफ्नो भाकल चढाउन यो मन्दिरमा जाने गर्दछन ।