ह्स्तकला र सांस्कृतिक मेला आयोजना गर्ने घोषणा


नेपाल समाचारपत्र, ललितपुर।
ललितपुर महानगरपालिका–१६ ले बृहत हस्तकला र सांस्कृतिक मेला आयोजना गर्ने भएको छ । स्थानीयस्तरमा उत्पादित हस्तकला र कालीगढहरुलाई प्रर्वद्धन गर्न मेला आयोजना गर्न लागिएको हो ।

गाबहालस्थित यशोधर महाविहार बुबहालमा आयोजित दशंै व्यापार मेला समापन समारोहमा मुख्य आकर्षक व्यक्तित्वका रुपमा रहनुभएका वडा अध्यक्ष निर्मलरत्न शाक्यले सो को जानकारी दिनुभयो ।‘मेलाले वडा नं १६ लाई सांस्कृतिक, हस्तकला र पर्यटकीय वडाको रुपमा विकास गर्न टेवा पु¥याउने छ ।’ वडाअध्यक्ष शाक्यले भन्नुभयो।

विश्वसम्पदा सूचीकृत कृष्ण मन्दिरदेखि हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल), यशोधर महाविहार, रत्नाकर महाविहार लगायत लिच्छिवकालीन बौद्ध विहार, विभिन्न मूर्त, अमूर्त सम्पदा सो वडामै रहेको छ । कार्तिक नाच, अष्टमातृका नाच जस्ता मल्लकालीन नाचहरु सो वडाबाट सञ्चालन हुने गरेको छ ।‘यसलाई मध्यनजर गरेर वडालाई सांस्कृतिक, हस्तकलाका वडाको रुपमा विकास गर्ने लक्ष्य राखेको छु ।’ वडाअध्यक्ष शाक्यले भन्नुभयो ‘ मेला लक्ष्यमा पुग्ने एक रणनीतिक महत्वको कार्यक्रम हो ।’

वडाका महत्वपूर्ण सम्पदास्थल, पार्क र सार्वजनिक चोकमा हस्तकलाको सामग्री प्रदर्शनसंगै बिक्रीका लागि राखिने छ ।सो वडाका अधिकाश मानिसहरु हस्तकलामा आबद्ध रहेका छन् । त्यसैले वडालाई धातुकला, सुन र चा“दीको कलात्मक सामग्री बनाउने, पौभा चित्र बनाउने, काष्ठकला र प्रस्तरकलाको केन्द्रको रुपमा विकास गर्न सकिने सम्भावना छ ।

मेलाले स्थानीयस्तरमा उत्पादित हस्तकलाको बजार विस्तार, ब्रान्डिङ गर्ने, कालिगढलाई ‘एक्सपोजर’ संगै बजारको चाहना र माग बुझ्न सघाउने बताइएको छ । वडाका अनुसार मेला अवधिभर पर्यटक प्रवद्र्धन गर्ने उपाय, संस्कृतिबारे अन्र्तक्रिया, छलफल कार्यक्रम हुने छ ।

मेलालाई सफल बनाउन ललितपुर हस्तकला संघ, ललितपुर उद्योग वाणिज्य संघ, नेपाल पर्यटन बोर्ड, थ्री स्टार क्लब लगायत स्थानीय सहकारी संस्था, महिला समूह, सामाजिक सघसस्था, जातीय समाज लगायत विभिन्न सरोकारवालाहरुसंग छलफल गरिरहेको पनि वडाले जनाएको छ । ‘सबैको सहभागिता र सबैले स्वामित्व लिन सक्ने गरी मेला आयोजना गर्ने पनि वडाअध्यक्ष शाक्यको कथन रहेको छ ।दशैं सकिए लगतै मेलाको मिति घोषणा गर्ने पनि वडाले जनाएको छ ।

वडाअध्यक्षमा निर्वाचित भएलगतै शाक्यले गत वर्ष एक सातासम्म धौगल बजारमा दशै व्यापार मेलाको आयोजना गरेको थियो । यस वर्षको चार दिने मेलामा भने मुख्य सहयोगी रुपमा वडाले भूमिका निर्वाह गरेको थियो ।‘दुई वटा मेलाले धेरै कुरा सिकाएको छ।यही सिकाईले पनि हस्तकला र सांस्कृतिक मेलालाई अझ प्रभावकारी र परिणाममुखी बनाउने सक्ने विश्वास लिएको छु ।’वडाअध्यक्ष शाक्यले भन्नुभयो ।